×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिटक्वाइन प्रयोगलाई कानुनी मान्यता दिंदा समस्यामा एलसाल्भाडोर, देशलाई क्रिप्टो हब बनाउने सपना चकनाचुर !

PRIME CA
GLOBAL IME BANK

बिटक्वाइन प्रयोगलाई कानुनी मान्यता दिंदा समस्यामा एलसाल्भाडोर, देशलाई क्रिप्टो हब बनाउने सपना चकनाचुर !

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौ‌ं । क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आएसँगै यसले धेरैलाई कंगाल बनाएको छ । क्रिप्टोमै लगानी गरेको एलसाल्भाडोर नामक देश यहि क्रिप्टोका कारण नमज्जासँग प्रभावित बनेको छ । यो देशमा सरकारले नै बिटक्वाइनमा लाखौँ डलर लगानी गरेको थियो । बीबीसीका अनुसार बिटक्वाइनको विश्वभर कन्तबिजोग भएपछि यो देशलाई पनि ठुलो असर परेको छ ।
सो देशका राष्ट्रपतिले केहि महिनाअघि बिटक्वाइनलाई कानूनी मुद्राको मान्यता दिएका थिए । उनी बिटक्वाइनका फ्यान नै भएको बिबिसीले जनाएको छ । उनले कानुनी मान्यता दिएपछि कतिपय अस्पतालमा त भुक्तानीका लागि बिटक्वाइनमात्रै स्वीकार गर्ने नीतिसमेत लिइएको थियो । अहिले पनि त्यहाँका कयौँ स्थानका व्यवसायीहरूले क्रिप्टोकरेन्सीको रूपमा डिजिटल भुक्तानी ग्रहण गर्दछन् । क्रिप्टोकै कारण यो देशमा अहिले बिटक्वाइन साट्न आउने पर्यटकहरु पनि बढेका छन् । एल साल्भाडोरमा ‘चियो’ नामक एपका माध्यमबाट बिटक्वाइनको प्रचार भइरहेको छ । सरकारले जनता बीच बिटक्वाइनलाई बढावा दिनका लागि २० करोड अमेरिकी डलर खर्च गरेको छ ।
तर सो देशले यसरी गरेको बिटक्वाइनको लगानीका कारण अहिले सो देश समस्यामा पर्न सक्नेतर्फ सबैले सचेत गराईरहेका छन् । त्यहाँका राष्ट्रपति बुके आफ्नो देशलाई क्रिप्टोकरेन्सीको एक हब बनाउन चाहन्छन् । तर यो परियोजना महिनौँ पछाडि धकेलिएको छ । त्यसका लागि एल साल्भाडोरले भुक्तानी समेत दिन सकिरहेको छैन । जसका कारण अव यो देश बर्बादीको बाटोतर्फ त जाँदै छैन भन्ने शंकाहरु पनि उब्जिएका छन् । विश्वका धेरै देशले बिटक्वाइनलाई गैरकानुनी भन्छ । नेपालमा पनि बिटक्वाइन अवैध मानिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: