×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिली : गल्तीले २८६ गुणा तलब बैंकमा जम्मा भएपछि राजिनामा दिएर ताप कसे कर्मचारी !

PRIME CA
GLOBAL IME BANK

चिली : गल्तीले २८६ गुणा तलब बैंकमा जम्मा भएपछि राजिनामा दिएर ताप कसे कर्मचारी !

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तपाईंको खातामा तपाईंले काम गर्ने कार्यालयले २८६ गुणा तलव जम्मा गरिदियो भने तपाईं के गर्नुहुन्छ होला ? तपाईंको उत्तर हुन सक्छ- ‘सुटुक्क जागिर छोड्छु, कतै भाग्छु, वा कार्यालयमा खबर गरे यस्तो भएछ भन्ने जानकारी दिन्छु ।’ चिलीमा यस्तै घटना घटेको छ । र यसरी आफ्नो खातामा २८६ गुणा तलव जम्मा भएपछि ती कर्मचारी भने फरार भएका छन् ।

चिलीको समाचार पत्र डियारियो फाइनेन्सिएरोले दिएको जानकारी अनुसार यसरी तलव पठाइएको बारे सो कम्पनीलाई ढिला गरीमात्र थाहा भएको थियो । तर जति बेला थाहा भयो, ती कर्मचारीले कार्यालयबाट राजिनामा दिएर टाप कसिसकेका थिए । यो घटना दक्षिण अमेरिकी मुलुक चिलीको हो । चिलीको सबैभन्दा ठूलो कोल्ड कट्स उत्पादक कम्पनी कन्सोर्सियो इन्डस्ट्रियल डे अलिमेन्टोसमा यो घटना भएको हो । राजिनामापछि ती कर्मचारीले आफ्नो ठेगाना पनि परिवर्तन गरेर बसे ।

डियारियो फाइनेन्सिएरोका अनुसार उक्त कम्पनीका लागि अहिले यो घटना निकै टाउको दुखाइको विषय बनेको छ । खातामा मोटो रकम हात पारेर टाप कसेका ती पूर्व कर्मचारी अहिलेसम्म फेला परेका छैनन् । कम्पनीका अनुसार नाम नखुलाइएका ती कर्मचारीको मासिक तलब ५ लाख पेसो अर्थात करीब ७० हजार नेपाली रुपैयाँ थियो । तर कम्पनीको आर्थिक शाखाले उनको खातामा २४६ गुणा अर्थात् करीब साढे २ करोड रुपैयाँ पठाइदिएको थियो । कम्पनीमा उप व्यवस्थापकको पदमा कार्यरत उनले आफ्नो खातामा मोटो रकम जम्मा भएपछि कम्पनी छोडेका थिए । – एजेन्सीको सहयोगमा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: