×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको ‘अघोसित नाकाबन्दी’ बारे मन्त्रीसामु चेम्बरको ब्रिफिङ, भने- ‘गाह्रो भयो, स्थिति सहज बनाईदिनुपर्यो…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चीनको ‘अघोसित नाकाबन्दी’ बारे मन्त्रीसामु चेम्बरको ब्रिफिङ, भने- ‘गाह्रो भयो, स्थिति सहज बनाईदिनुपर्यो…’

Artha Sarokar

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसंग  भेटवार्ता गरेको छ । श्रेष्ठसंग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको हो । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका थिए ।

भेटका क्रममा चीनले गरेको अघोषित नाकाबन्दीको चर्चा पनि उठेको थियो । यस विषयमा नवनियुक्त राजदुतले आफुलाई यस विषयमा थाहा भएको र सो समस्यालाई समाधान गर्न आफु लागि पर्नेसमेत बताएका थिए । बिगत लामो समयदेखि नेपालमा चीनबाट निश्चित सामानहरुमात्र आयात भईरहेका छन् भने स्थानीयले चीनको यस्तो कामलाई अघोसित नाकाबन्दी भनेका छन् ।

नेपाल चीन वीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।  सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरेको बताइएको छ ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पुयाउन आफुले अधिकतम पहल गर्ने  बताएका थिए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठको आश्वासन थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी