×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिशहोमको नयाँ सेवा ‘डिशहोम आई टिभी’ सार्वजनिक, १४ तस्विरमा हेर्नुहोस् उद्घाटनको भव्य माहोल (फोटो-कथा)

काठमाडौं । ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएसँगै ग्राहकहरुले गुणस्तरीय र उत्कृष्ट सेवा पाउने विश्वास कम्पनीले लिएको छ ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, Terrestrial (T2)  टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सवैभन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित Terrestrial (T2) टिभी मार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

DTH / Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा Shorts TV, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न Content हरु,Video on Demand,Catch- up TV/Start-over TVYoutube, TikTok,  लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ । IP टिभी Set Top को निम्न Specification निम्न रहेको छः
● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU
● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port
● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
● 2.0 USB Slots * 2
● Power Input: 12V/1 Amp
● Quick App Launch Buttons on the Remote
● Video Decoding: 4K * 2K @ 60fps H.265
● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: