×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंका मात्र होइन, यी ९ देशको अर्थतन्त्रमा ‘खतराको घन्टी’, पाकिस्तान र अर्जेन्टिनाको अर्थतन्त्रको पनि ‘हालत खराब’ !

PRIME CA
GLOBAL IME BANK

श्रीलंका मात्र होइन, यी ९ देशको अर्थतन्त्रमा ‘खतराको घन्टी’, पाकिस्तान र अर्जेन्टिनाको अर्थतन्त्रको पनि ‘हालत खराब’ !

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केहि समय अगाडीसम्म कसैले सोचेका थिएनन्, श्रीलंकाको स्थिति यहाँसम्म कमजोर हुन्छ भनेर । तर भयो त्यस्तै । अहिले श्रीलंकामा इन्धनको चरम अभावमात्र छैन, त्यहाँका जनताको स्थिति डामाडोल छ । विद्यालयहरु बन्द गरिएका छन् भने पेट्रोल पम्पमा कयौँ किलोमिटर लाइन छ । जनताले नेतालाई जहाँ भेट्यो त्यहिं कुट्न थालिसकेका छन् । स्थिति निकै गम्भीर छ । देश टाँट पल्टिएको घोषणा भईसकेको छ ।

तर अन्तराष्ट्रिय संचारमाध्यमहरुले श्रीलंका मात्र होइन, अन्य थुप्रै देशको अर्थतन्त्र पनि श्रीलंकाको जस्तै हुन लागेको बताएका छन् । एजेन्सीका अनुसार चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ ।

अधिकांस देशका अर्थतन्त्रमा मुख्य समस्या आउनुको कारण नै रुस र युक्रेनबीचको युद्ध हो । दुई देशबीचको युद्धका कारण इन्धनसहित उपभोग्य सामाग्रीको मूल्यले आकाश छोएका बेला धेरै देशहरुको ‘हालत खराब’ भएको हो ।

एजेन्सीका अनुसार गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ । विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न सङ्घर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन ।

अति कमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: