काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार महिनाभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक रहेको बताएका छन् । मौद्रिक नीतिको लागि सुझव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रलाई निकास दिनेगरी मौद्रिक नीति आउने र समग्र अर्थतन्त्रलाई निकास दिन के के गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सबैलाई आग्रह गरेका छन् ।
उनले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा संसारका सबै अर्थशास्त्रीले निकालेका सिद्धान्त एकैपटक लागू गर्नुपर्छ कि जस्तो अवस्था आएकोसमेत बताए ।
सो कार्यक्रममा विभिन्न निकाय, संघ-संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।