×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत : सेयरमा घाटा भएपछि २४ बर्षीय पुरुषले गरे आत्महत्या

PRIME CA
GLOBAL IME BANK

भारत : सेयरमा घाटा भएपछि २४ बर्षीय पुरुषले गरे आत्महत्या

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

मुम्बई ।  मुम्बईमा एक सेयर लगानीकर्ताले आत्महत्या गरेका छन् । त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार  सेयर बजारमा घाटा व्यहोरेपछि २४ बर्षीय एक युवकले  आत्महत्या गरेको हुन सक्ने बताइएको छ । मुम्बईको पश्चिमी उपनगर बान्द्रामा रहेको आफ्नो अपार्टमेन्टमा २४ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ।
भारतीय संचारमाध्यम द हिन्दुका अनुसार सो घटना फेब्रुअरी २१ बिहान बान्द्रा (पूर्व) मा साईधाम समाजमा भएको थियो । सोही कोठामा सुतिरहेका पीडितका भाइले घटनापछि प्रहरीलाई खबर गरेको बताइएको छ।
स्थानीय प्रहरीलाई तुरुन्तै खबर गरिएको र अस्पताल भर्ना हुनुअघि नै निजलाई मृत घोषित गरिएको द हिन्दुले जनाएको छ । निर्मलनगर प्रहरीका वरिष्ठ निरीक्षक शशिकान्त भण्डारेले यसबारे रिपोर्ट दर्ता गराएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: