काठमाडौँ । लघुवित्तमा समूहको कारोबारमा बस्नेहरुले एउटालाई पर्दा अर्कोले सहयोग गर्नु कुनै नौलो कुरा होइन । कुनै ऋणीले किस्ता तिर्न नसक्दा अरु समूहका सदस्यहरुले पैसा हालिदिनु पनि नौलो कुरा होइन । यसका लागि सम्बन्धित सदस्यको स्वीकृति अनिवार्य पर्छ । तर सदस्यको स्वीकृति लिनुभन्दा उनीहरुलाई झुक्याएर पैसा निकाल्ने, किस्ता तिर्न नसक्नेको किस्ता तिरिदिने र सबै ठिक छ भनेर हिसाब मिलान गरिने गरेको रहस्य बाहिरिएको छ । लघुवित्तको झापास्थित खुदुनाबारी शाखाका कर्मचारी रोमन थापाले सदस्यलाई झुक्यानमा पारी एउटाको खाताबाट पैसा निकालेर अर्काको ऋण तिरिदिएको रहस्य बाहिर आएको हो ।
भएको के हो ?
संस्थाका कर्मचारी रोमन थापाले भावना शिवाकोटी लगायत केहि सदस्यहरुलाई झुक्याएर ‘यहाँनेर सहि गरिदिनुपर्यो, हाम्रो लघुवित्तको नियम हो, हाजिर गर्नुपर्यो’ भनी झुक्यानमा पारेको, र सो हस्ताक्षरलाई देखाएर निजको खाताबाट रकम निकाली टीकामाया सेन्चुरीको ऋण तिरिदिएको शिवाकोटी र उनका श्रीमान झलक कार्कीको गुनासो छ । उनीहरुका अनुसार पैसा झिकिने नभनी, संस्थाको नियम भनेर सहि गर्न लगाएर पैसा काटिएको छ । जसमा शिवाकोटीको स्वीकृति नै नभएको शिवाकोटी र उनका श्रीमान् झलक कार्कीको भनाई छ । सेन्चुरीले समयमा किस्ता तिर्न नसक्दा उनको किस्ताको हिसाब मिलानका लागि रोमन थापाको मिलेमतोमा यस्तो काम भएको शिवाकोटीका श्रीमान् कार्कीको दाबी छ ।
के भन्छ कम्पनी ?
यस विषयमा रोमन थापाले शिवाकोटी लगायतकाको खाताबाट रकम झिकेर टीकामाया सेन्चुरीको ऋण तिरिदिएको स्वीकारेका छन् । ‘लघुवित्तमा यस्तो चलिहाल्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हामीसँग बकाईदा भावना शिवाकोटीको हस्ताक्षर छ । हामीले स्वीकृति नै लिएर उहाँको खाताबाट रकम निकाली सेन्चुरीको पैसा तिरिदिएको हो ।’ ‘अनि उहाँले त झुक्याएर तपाईंले सहि गराउनुभयो भन्ने आरोप लगाउनुभएको छ नि ?’ हाम्रो प्रश्नमा अलि अकमकिदै उनले भने, ‘झुक्याएको होइन । सोधेरै गरेको हो । उहाँ र म एक्लै भएको भए पो झुक्यायो भन्नु, त्यहाँ त धेरै मान्छेहरु थिए । सबैको अगाडी उहाँले सहिगर्नुभएको हो ।’
यता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले पनि आफ्ना कर्मचारीले एउटाको रकम झिकेर अर्कोको ऋण तिरिदिएको स्वीकारेका छन् । ‘तपाईंले भनेपछी मैले पनि बुझें । हाम्रो कर्मचारीले खातावालालाई सोधेरै, सहि गराएरै पैसा झिकेका रहेछन् र अर्काको किस्ता तिरिदियेका रहेछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘गाउँघरमा यस्तो कहिलेकाहीं चल्छ । लघुवित्तमा त झनै चल्ने नै भयो ।’
‘तर ग्राहकको अनुमतिविना त कसरी त्यस्तो गर्न मिल्छ र ?’ हाम्रो प्रश्नमा सीइओ मण्डलले भने, ‘सहमतिविना त गर्न मिल्दैन । पहिला सहमति भयो होला, पछी श्रीमानले किन त्यस्तो गरेको भनेपछि उहाँ असहमत हुनुभयो होला । हामीले अव यस्तो नगर्नु र सम्बन्धित खातावालाको पैसा भोलि नै तिरिदिनु भनिसकेका छौं । भोलि नै खातावालाको पैसा फिर्ता हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्