काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरका सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले पनि भिक्षा माग्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ । महानगरले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा पनि भिक्षा माग्न प्रतिबन्ध लगाएको हो । यद्यपी साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न भने पाइने महानगरको सूचनामा उल्लेख छ ।
महानगरको नगर सभा ११औं अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको महानगरले बताएको हो। महानगरले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी पानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन हुँदै आएकोसमेत जनाएको छ । मानव सेवा आश्रमको सेवा आवश्यक परेमा काठमाडौँ महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्नु महानगरले अनुरोध गरेको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न तथा नगराउन महानगरले भनेको छ । महानगरको सूचनाको उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही हुनेसमेत
महानगरको सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्