काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवावासी छाएको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भइरहेको बेला सरकार आनन्दले बसेको बताए ।
‘सेयर बजारमा लगानीकर्ताको रुवाबासी भईरहेको छ, सरकार आनन्दले बसेको छ ।’ संसदमा बोल्दै उनले भने- ‘‘सरकारको एउटै संकल्प छ गठबन्धन कसरी टिकाउने, कुनै गन्तव्य नभएको, कुनै उद्देश्य नभएको, जनताप्रति उत्तरदायित्व नभएको देशका लागि केही गर्न नपर्ने, अठोट संकल्प केही नभएको सरकारबाट के अपेक्षा गर्ने ?’
ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमाथि कडा टिप्पणी गरेका छन् । उनले आगामी आर्थिक बर्षको बजेटमा दुई चारजनाको अनुहारमात्र देखिएको टिप्पणी गर्दै सो बजेट देशको बजेट नभई केही घरानाको जस्तो मात्र भएको टिप्पणी गरेका हुन् ।
‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ संसदमा बोल्दै उनले भने-‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुनेगरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको भन्दै उनले यस विषयमा गभीर भएर छानविन गर्नुपर्ने बताए । ‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ । यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ …?’ संसदमा बोल्दै उनले भने ।
ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताउंदै त्यसको प्रतिवेदन संसदमा आउनुपर्नेसमेत बताएका छन् ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ ओलीले संसदमा भने -‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो जे भए पनि ? कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्