×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको खुद नाफामा ५५.६९ प्रतिशतले वृद्धि, ईपिएसमा पनि उल्लेख्य सुधार…(अन्य विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लुम्बिनी विकास बैंकको खुद नाफामा ५५.६९ प्रतिशतले वृद्धि, ईपिएसमा पनि उल्लेख्य सुधार…(अन्य विवरणसहित)

Artha Sarokar

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा ५५.६९ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ प्रतिशत बढी खुद नाफा कमाएको हो । गत आर्थिक वर्षमा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको बैंकले जनाएको छ । त्यस्तै गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशतले बढेको छ । यता बैंकको खुद फि तथा कमिसन आम्दानी भने १०.९८ प्रतिशत घटेको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १६.९२ प्रतिशत र सञ्चालन मुनाफामा ६०.०२ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ६.१५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १७.८८ प्रतिशत र कर्जा २८.३३ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी