×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पोहोरसाल १२० रुपैयाँसम्म बिक्री भएको आँपले यसपाली ६० रुपैयाँ पनि भाउ पाएन, काठमाडौँमै सस्तियो आँप !

काठमाडौँ । मागभन्दा बढी आपूर्ति हुँदा यसपाली आँपले बजार भाउ नपाएको गुनासो किसानले गरेका छन् । आँपको प्रमुख संकलन केन्द्र मानिएका ठाउँहरुमा नै आँप ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बिक्री गर्नुपर्ने स्थिति आउँदा समस्या भएको हो । पोहोर ती संकलन केन्द्रहरुमा आँप प्रतिकिलो १ सय २० रुपैयाँसम्म पर्थ्यो । यहि कारण काठमाडौँमा पनि आँप सस्तो भएको छ । अहिले काठमाडौँमै बम्बई र मालदह जातको आँप पनि ९० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा आँप फालाफाल पाइन्छ ।
संकलन केन्द्रहरुमा मागभन्दा धेरै गुणा आपूर्ति देखिंदा आँपको मूल्य सस्तो भएको हो । ‘केहि समय अगाडी प्रशासनले सूचना नै जारी गरेर बजारमा बिषादी मिसिएका आँप छ्यापछ्याप्ती पाइने हुनाले त्यस्ता आँप सेवन नगर्न भन्यो । ती आँप हाम्रो बजारका थिएनन् । अहिले यहि कारण आँपको माग घटेको छ तर आपूर्ति बढेको छ । यहि कारण बजारमा आँपको मूल्य घटेको छ ।’ रौतहट संकलन केन्द्रका राजकिशोर यादव भन्छन्- ‘यसपाली सोचेजस्तो मूल्य नपाउँदा किसानहरु मर्कामा परेका छन् ।  गत बर्ष ५० प्रतिशतसम्म उत्पादन पनि घटेको थियो । यसपाली उत्पादन बढ्यो तर माग कम भयो । आपूर्ति बढी हुँदा आँप सस्तियो ।’
यसो त काठमाडौँमा पनि आँप सस्तिएको छ । अघिल्लो बर्ष काठमाडौँमा १५० रुपैयाँमा राम्रो आँप आउन गाह्रो हुन्थ्यो । अहिले ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म आँप छ्याप्छ्याप्ती पाइन्छ । सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ । त्यहाँका कृषकहरूले फलाएको आम्रपाली, मालदह, बम्बई, दसहरी, कलकतिया जातका आँप काठमाडौँ लगायतका ठाउँमा सप्लाई हुनेगर्दछ । यसपाली आँप पनि बढी फल्नु र माग कम हुनुका कारण देशैभरि आँप सस्तिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: