×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको अनलाइन सिष्टम ‘आईसर्भ’ : सबै काम अनलाइनबाटै, ग्राहक भन्छन्-‘वाह ! क्या सजिलो…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशियाको अनलाइन सिष्टम ‘आईसर्भ’ : सबै काम अनलाइनबाटै, ग्राहक भन्छन्-‘वाह ! क्या सजिलो…’

Artha Sarokar

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । कुनै समय यस्तो थियो, बैंकको फ्रन्ट डेस्कमा ‘मेरो ब्यालेन्स हेरिदिनुस् न’ भन्नेहरुको लाइन सानो हुँदैनथियो । अहिले पनि कतिपय बैंकहरुमा यो स्थिति यथावत छ । बैंकको एटिम मेशिनमा गएर ब्यालेन्स चेक गर्ने चलन त अहिले पनि धेरै ग्राहकको छ । मोबाइल हरायो भने मोबाइल बैंकिङको सेवा तत्काल बन्द गर्न होस्, वा मोबाइल बैंकिङ सुचारु गर्न, बैंक नै धाउनुपर्ने स्थिति धेरै अघिको होइन । नयाँ चेकको आवेदन दिन होस् वा, स्टेटमेन्टको लागि आवेदन दिन होस्, आज पनि बैंकमा धाउनेहरुको संख्या सानो छैन । तर एनआईसी एशिया बैंकले ल्याएको ‘आईसर्भ’ बैंक धाउनुपर्ने धेरै कामका लागि घरमै बसीबसी साथ दिने ‘साथी’ बनेको छ । जसबाट बैंकका अधिकांस काम घरबाटै, वा अफिसमै बसेर गर्न सकिन्छ । ग्राहकले गरेको कुनै पनि खालको बैंकिङ अनुरोध अनलाइनबाट नै सम्बोधन हुन्छ । र त अनलाइन बैंकिङ चलाउनेहरुका लागि एनआईसी एशिया बैंकको ‘आईसर्भ’ बरदान सावित भएको छ ।
के हो आइसर्भ ? यसले कसरि काम गर्छ ?
आइसर्भ छोटो शब्दमा भन्नुपर्दा एनआईसी एशिया बैंकको अनलाइन सिष्टम हो । विशेषगरी ग्राहकले अनलाइनबाट नै विभिन्न सेवा पाउन्, र धेरै सेवाका लागि बैंकसम्म धाउन नपरोस् भनेर बैंकले ठुलो जनशक्ति लगाएर बनाएको सिष्टम हो यो । यो सिष्टमबाट मोबाइल बैंकिङ सम्बन्धि सेवा, ग्राहकसँग सम्बन्धित सेवा, टेलरमा पाइने सेवा, कार्डसम्बन्धि सेवा लगायतका सेवाहरु उपलब्ध छन् । ग्राहकले आवश्यकता अनुसार आइसर्भमा सेवाका लागि आवेदन दिन सक्नेछन् । त्यसपछि ग्राहकको अनुरोध बैंकसम्म पुग्छ । बैंकको ‘सपोर्ट सिष्टम’मा बसेका कर्मचारीले सो आवेदनको प्रक्रिया पूरा गरी आवश्यक सम्बोधन गर्छन् । र बैंक नै नगई घरमै बसीबसी धेरै बैंकिङ सेवाहरु बैंकबाट उपलब्ध गराउँछ । कतिपय सामान्य सेवादेखि कतिपय जटिल भनिएका सेवाहरु पनि यो बैंकले आईसर्भबाट नै उपलब्ध गराउँछ । ग्राहक र बैंकबीच पुलझैँ बनेको आईसर्भ अहिले दैनिक हजारौँ ग्राहकहरुको साथी बनिरहेको छ । र योआईसर्भबाट नै सेवा लिनेहरुको संख्या पनि दिनानुदिन बढीरहेको छ ।
मोबाइल बैंकिङमा आएका समस्याको ‘फ्याट्टै’ समाधान !
आईसर्भका माध्यमबाट मोबाइल बैंकिङका लागि नयाँ आवेदन दिन सकिन्छ । तपाईंलाई मोबाइल बैंकिङ चाहियो भने सिधै त्यहाँ रहेको New Registration अप्सनमा क्लिक गरेर फर्म भर्ना सक्नुहुनेछ । बाँकी काम सिष्टमले गर्छ । यस्तै पिन रिसेट गर्नका लागि आईसर्भमा Reset PIN अप्सन दिइएको छ, जहाँबाट पिन रिसेट गर्न सकिन्छ । मोबाइल बैंकिङ अनब्लक गर्नुपरेमा वा ब्लक गर्नुपरेमा पनि आईसर्भमा मोबाइल बैंकिङ सर्भिसेस अन्तर्गत भएका Unblock Mobile Banking र Block Mobile Banking अप्सनमा गएर आफ्नो अनुरोध राख्न सकिनेछ । त्यसपछि बैंकको सिष्टमले काम गर्न थाल्छ । निकै सजिलो तरिकाले बैंकले यो सिष्टममार्फत मोबाइल बैंकिङको सेवा दिएको छ । र त पछिल्लो समय यो सेवा लिनेहरुको संख्या पनि निकै ठुलो छ ।
अधिकांश ग्राहकसम्बन्धि सेवा अनलाइनबाटै
आईसर्भमार्फत ग्राहकले आफ्नो ब्यालेन्स कति छ भन्ने चेक गर्न सक्छन् । त्यसका लागि CUSTOMER SERVICES भित्र गएर Balance Inquiry अप्सनमा क्लिक गरी सो सेवा लिन सकिन्छ । त्यस्तै चेकका लागि अनुरोध पनि बैंकको सोहि सिष्टममा गएर गर्न सकिन्छ । सो सेवा लिनका लागि Cheque Request लेखिएको ठाउँमा गई आवश्यक फर्म भारी चेकका लागि अनुरोध गर्न सकिन्छ । अहिले धेरै ग्राहक यति कामका लागि बैंक धाउने गरेका छन् । तर एनईसी एशिया बैंकले यो कामलाई निकै सजिलो बनाएको छ ।
यस्तै बैंकले ब्यालेन्स सर्टिफिकेटको अनुरोध पनि अनलाइनबाट नै लिन्छ । त्यसका लागि Balance Certificate Request मा गई सो अनुरोध गर्न सकिन्छ । त्यतिमात्र होइन, Statement Request, Merchant Acquisition, Merchant Enrollment, Meroshare & CRN request, Meroshare & CRN request लगायतका सेवाहरु पनि बैंकको आईसर्भबाट नै प्राप्त गर्न सकिन्छ । आईसर्भमार्फत नै ग्राहकले Cheque Stop Payment, Scheme Transfer, Locker Facility Service Request, Blacklisting Service Request,TDS Certificate लगायतका सेवाहरु लिन सक्छन् । अर्थात ग्राहकले खोज्ने धेरैजसो सेवाका लागि बैंक धाउनुपर्ने स्थिति नै हुँदैन । यस्तै चेक डिपोजिट गर्न अनुरोध वा क्यास डिपोजिट गर्न अनुरोध पनि बैंककै अनलाइन सिष्टमबाट गर्न सकिन्छ ।
कार्डसम्बन्धि सबैजसो काम आईसर्भबाट नै
एउटा डेबिट कार्ड बनाउनुपर्यो भने बैंकमा जाउ, फर्म भर, लगायतका झन्झट ग्राहकले बर्षौँदेखि भोगेको झन्झट हो । तर एनआईसी एशिया बैंकले यस्ता सबैजसो समस्याको एक चुट्कीको समाधानका रुपमा आईसर्भ ल्याएको छ । आईसर्भको प्रयोगबाट नयाँ कार्डका लागि आवेदन, इकमर्श दर्ता लगायतका सेवा सजिलै लिन सकिन्छ । New Debit Card Request, E-Commerce Registration, Debit Card Block Request, Insta Buy, Debit Card Replacement Request लगायतका सेवा पनि बैंकले आईसर्भमार्फत नै उपलब्ध गराउने भएको छ । जसले ग्राहकका हरेक समस्या निकै सजिलो तरिकाले समाधान गरिदिनेछ भने हरेक अनुरोधलाई सकेसम्म छिटो सम्बोधन गर्ने प्रयास गर्नेछ।
अन्तराष्ट्रिय स्तरको टिकेट सिष्टम !
तपाईंले फेसबुक, युट्युबमा कुनै समस्या भोगेर फेसबुक वा युट्युबको सपोर्ट सिष्टममा केहि अनुरोध गर्नुभएको छ भने तपाईंलाई टिकट सिष्टमको बारेमा बढी थाहा हुन्छ । यो अन्तराष्ट्रिय अभ्यास हो । यस्तै अभ्यास एनआईसी एशिया बैंकले पनि गरेको छ । तपाईंले कुनै समस्या पर्यो वा कुनै काम गर्नुपर्यो भने आईसर्भमा एउटा टिकेट ‘जेनेरेट’ हुन्छ । र बैंकले तपाईंको सोहि टिकेट नम्बरका आधारमा तपाईंको समस्या समाधान गरिदिन्छ । यो सहजमात्र होइन, प्रभावकारी पनि छ । बैंकले तपाईंको काम बैंक नै नगई ‘तमाम’ गरिदिन्छ । अर्थात बैंक गएर लिनुपर्ने धेरैजसो समस्या एनआईसी एशिया बैंकको अनलाइन सिष्टमबाट नै उपलब्ध हुने गरेको छ । र त ग्राहकहरु यो सेवा लिईसकेपछि भन्छन्- ‘वाह ! एनआईसी एशिया बैंकको सेवा क्या सजिलो !’
ADVT*
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी