×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बजारमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रति ब्यारेल १०० डलरको घटोत्तरी, अझै घट्नसक्ने प्रक्षेपण !

PRIME CA

विश्व बजारमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रति ब्यारेल १०० डलरको घटोत्तरी, अझै घट्नसक्ने प्रक्षेपण !

अर्थ सरोकार

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । करिब ५ महिनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको छ ।

बिहीबार साढे १ बजे ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ डलरमा झरेको हो । त्यस्तै सो समयमा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ । एक महिनाअघि यी कच्चा तेलको भाउ १२० डलरभन्दा माथि थियो । मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । कच्चा तेलको भाउ अझै घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले देखाएको छ ।

सो रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने बताएको छ। जसले गर्दा यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ । यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि फेब्रुअरीदेखि तेलको मूल्य बढेको थियो ।

कच्चा तेलको मूल्य घट्दा नेपाललाई समेत प्रत्येक्ष लाभ मिल्नेछ । तेलको भाउ घटेसँगै नेपालले आयात गर्ने तेलको खरिदमूल्य पनि कम हुँदा नेपालमा तेलको भाउ सस्तो हुनेछ । तेलको भाउ सस्तो हुँदा एकातिर देशको डलर संचिति पनि बढी हुनेछ भने अर्कोतर्फ नेपालमा महंगी पनि घट्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: