काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्स एक औषधी उत्पादक कम्पनी हो । गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयू फार्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्यूटिकल्सको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेको यस कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिंग प्र्याक्टिसेज स्टान्डर्डस् अनुसार औषधी उत्पादन गर्ने गरेको छ । नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रक्रिया सुरु गरेको उक्त कम्पनीले अहिले ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्दै आएको छ ।
त्यस्तै फर्मास्यूटिकल्स क्षेत्रमा सर्वसाधरणलाई सेयर जारी गर्ने निर्णय कम्पनीले गरेसँगै अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताएका छन् । सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सका तर्फबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्