×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी दुई दिन सार्वजनिक बिदा दिने सरकारको तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फेरी दुई दिन सार्वजनिक बिदा दिने सरकारको तयारी !

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले एक पटक प्रयोग गरेर फेल भईसकेको नीति पुन लागू गर्नेगरी मन्त्रीपरिषदमा प्रस्ताव लगेको छ । एक पटक फेल भईसकेको हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय पुन: गर्न सरकारले छलफलका लागि प्रस्ताव क्याबिनेटसम्म पुर्याएको हो । इन्धन खपतका लागि भन्दै सरकारले जेठ १ गतेदेखि लागू गरेको सो निर्णय सार्है अव्यवहारिक भएको भन्दै असार १ गतेबाट लागु हुनेगरी खारेज भएको थियो ।

तर २ दिन सार्वजनिक बिदा दिंदा इन्धन खपतमा कमी आएको रिपोर्ट आयल निगमले बुझाएपछि सरकारले इन्धन संकट टार्न यस्तो व्यवस्था पुन: गर्न लागेको हो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले दुई दिन बिदा दिने सम्बन्धी प्रस्ताव मंगलबारको मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए । सो बैठकमा निर्णय नै नभएपनि अर्को बैठकमा यस विषयमा गम्भिर छलफल हुने बताइएको छ ।

यो प्रस्ताव क्याबिनेटले पास गरेको खण्डमा नेपालभर पुन: २ दिन बिदा हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी