×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंका: इन्धन अभावका कारण देशभरका विद्यालय बन्द, सार्वजनिक यातायात ठप्प, पेट्रोल पम्पमा ११ किलोमिटर लाइन !

PRIME CA
GLOBAL IME BANK

श्रीलंका: इन्धन अभावका कारण देशभरका विद्यालय बन्द, सार्वजनिक यातायात ठप्प, पेट्रोल पम्पमा ११ किलोमिटर लाइन !

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा इन्दन अभावका कारण विद्यालय बन्द गरिएको छ । त्यहाँका स्थानीय संचारमाध्यमले दिएको जानकारी अनुसार पहिलो चरणमा एक हप्ता विद्यालय बन्द गरिने भएको हो । इन्धन खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको भनिएको छ।
इन्धन संकट बढेपछि त्यहाँको शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरेकोहो ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि देशभर इन्धनको हाहाकार भएको छ । त्यहाँका उर्जामन्त्रीले अव एक दिनको लागि मात्र इन्धनकोस सञ्चय रहेको बताएपछि त्यहाँ एउटा पेट्रोल पम्पमा झन्डै ११ किलोमिटर लाइन देखिएको छ ।इन्धन अभावकै कारण त्यहाँ सार्वजनिक यातायात ठप्प भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: