×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले राजिनामा दिने, आन्दोलनकारीलाई संयमता अपनाउन सेनाको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले राजिनामा दिने, आन्दोलनकारीलाई संयमता अपनाउन सेनाको आग्रह

Artha Sarokar

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आर्थिक संकटले कंगालझैं बनेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट राजिनामा दिने भएका छन् । उनले यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका हुन् । श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई आफुले राजिनामा दिने बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।
उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
आर्थिक संकटले गिजोलेको श्रीलंकामा यति बेला ठुलो आन्दोलन भईरहेको छ । त्यहाँको सेनाले आन्दोलनकारीहरुलाई शान्ति अपनाउनसमेत आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी