×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक संकट र इन्धन अभावका बीच श्रीलंका एयरलाइन्सले नियमित सेवा दिने, ‘इन्धनको व्यवस्थापन गर्न सफल भयौँ’

PRIME CA
GLOBAL IME BANK

आर्थिक संकट र इन्धन अभावका बीच श्रीलंका एयरलाइन्सले नियमित सेवा दिने, ‘इन्धनको व्यवस्थापन गर्न सफल भयौँ’

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

श्रीलंकामा  इन्धन अभावकै कारण चौतर्फी समस्या भएपनि श्रीलङ्का एयरलाइन्सले आफ्नो सेवा सूचारु नै राख्ने भएको छ । श्रीलंकामा इन्धन अभावकै बीच एयरलाइन्सले एक साताभन्दा बढी समयदेखि  इन्धनको उचित व्यवस्थापन गरेर आफ्नो उडान तालिका नियमित गर्न सफल भएको बताएको छ ।

एयरलाइन्सद्वारा जारी एक विज्ञप्तिमा कुनै पनि अवरोध नभई आफुहरुले हवाई तालिका सार्वजनिक गरेकोसमेत उल्लेख छ ।  इन्धन अभावका बाबजुद आफ्नो उडान तालिका शतप्रतिशत प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको जानकारी गराउंदै कम्पनीले देशले भोगिरहेको संकटको स्थितिमा सबैलाई संयमता अपनाउनसमेत आग्रह गरेको छ ।
आर्थिक संकटका कारण श्रीलंकामा इन्धनको चरम अभाव छ । इन्धन अभावकै कारण देशका थुप्रै कल कारखानाहरु बन्द भईसकेका छन् भने इन्धन अभावकै कारण विद्यालयहरुसमेत बन्द गरिएका छन् । केहि दिन अघि देखि बन्द गरिएको इन्धन वितरणको काम भने सूचारु गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: