×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपि पावर कम्पनीको नाफामा ११ प्रतिशतले वृद्धि, ईपीएसमा भने गिरावट, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा ११ प्रतिशतले बढोत्तरी भएको छ । कम्पनीले गतवर्षको अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्षको भन्दा ११.४८ प्रतिशतले बढी नाफा आर्जन गरेको जनाएको हो । गतवर्ष कम्पनीले १४ करोड १० लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले सार्वजनि गरेको वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा विद्युत् बिक्री अम्दानीमा ४१.३५ प्रतिशत वृहि हुँदै ५१ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समिक्षा अवधिसम्म कम्पनीको यस्तो आम्दानी ३६ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ६६ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष ५ रुपैयाँ ९ पैसा रहेको कम्पनीको ईपीएस गतवर्षको चौथो त्रैमाससम्ममा आईपुग्दा ३ रुपैयाँ ६७ पैसा कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९२ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: