×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको ‘इम्प्लोई अफ दी एयर’ अवार्ड श्रेष्ठलाई…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ सरोकारको ‘इम्प्लोई अफ दी एयर’ अवार्ड श्रेष्ठलाई…

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ सरोकारकर्मी राधिका श्रेष्ठ ’इम्प्लोई अफ दी एअरको अवार्ड’बाट सम्मानित भएकी छिन् । अर्थ सरोकारको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच उनी सो अवार्डबाट सम्मानित भएकी हुन् । अर्थ सरोकारका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले ’इम्प्लोई अफ दी एअर’ घोषणा गर्दै श्रेष्ठलाई सो अवार्ड प्रदान गरेका हुन् ।

श्रेष्ठ अर्थ सरोकार डटकमको प्रमुख संचालन अधिकृतका रुपमा काम गर्दै आएकी छिन् । यसअघि विभिन्न संचारमाध्यममासमेत काम गरेको अनुभव रहेकी श्रेष्ठ बिगत २.५ बर्ष यतादेखि अर्थ सरोकारमा कार्यरत छिन् । अर्थ सरोकारको मल्टिमिडिया प्रमुखसमेत रहेकी श्रेष्ठले संस्थामा दिएको योगदानको मुल्यांकन गर्दै यो बर्षको ’इम्प्लोई अफ दी एअरको अवार्ड’श्रेष्ठलाई दिइएको अर्थ सरोकारका प्रबन्ध निर्देशक प्याकुरेलले बताएका छन् ।

अर्थ सरोकारले यसपटकदेखि हरेक बर्ष वर्षभरी काम गर्ने कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने कर्मचारीलाई यो अवार्ड दिने घोषणासमेत गरेको छ । ‘हामी अवदेखि हरेक बर्ष सर्वोत्कृष्ट कर्मचारीलाई सम्मानस्वरुप अवार्ड प्रदान गर्छौँ । यसले हाम्रा साथीहरुमा थप उत्साह थपिदिने हाम्रो विश्वास छ।’ संस्थाको बार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक प्याकुरेलले भने– ‘संस्था राम्रो हुन सबैभन्दा महत्वपूर्ण भूमिका कर्मचारीको रहन्छ । यहि कारण हामीले कर्मचारीलाई सकेसम्म प्रोत्साहन गर्ने नीति लिएका छौँ।’

यसैबीच श्रेष्ठको नेतृत्वमा सेयर बजार सुन्दर छ’ कार्यक्रमको दोश्रो सिजनको प्रशारण केहि दिनमै आरम्भ हुनेसमेत प्याकुरेलको भनाई छ । अर्थ सरोकारले छैटौँ वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमहरु परिमार्जित रुपमा ल्याउँदैछ । कार्यक्रममा अर्थ सरोकारका कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो भने अर्थ सरोकारको एप्लिकेसन निर्माण गर्ने प्रताप शर्मालाई समेत विशेष सम्मान गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी