काठमाडौँ । अर्थ सरोकार डटकमको समाचार संयोजकमा सुदर्शन श्रेष्ठ नियुक्त भएका छन् । अर्थ सरोकारको छैटौँ बार्षिकोत्सवको अवसरमा संस्थाका प्रबन्ध निर्देशक एवं अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेलले उनलाई अर्थ सरोकार डटकमको समाचार संयोजकका रुपमा स्वागत गरेका छन् । यसअघि सूदूरपश्चिममा रहेर पत्रकारिता गरिरहेका श्रेष्ठ अव काठमाडौँबाट संचारकर्ममा क्रियाशील रहनेछन् । यसअगाडी अर्थ सरोकार डटकमको सुदूरपश्चिम ब्युरो प्रमुखसमेत रहेका श्रेष्ठलाई अर्थ सरोकारले केन्द्रीय कार्यालयमा रही काम गर्नेगरी साउन १ गतेबाट समाचार संयोजकका रुपमा नियुक्त गरेको हो ।
अर्थ सरोकारका प्रबन्ध निर्देशक प्याकुरेल उनको नेतृत्वमा अर्थ सरोकारको समाचार प्रस्तुती, समाचार डेस्क र मल्टिमिडिया अझ सशक्त बन्ने विश्वाससमेत प्याकुरेलले लिएका छन् । ‘सुदर्शन श्रेष्ठको अथाहा मेहेनत गर्ने बानीकै कारण छोटो समयमा उनी सुदूरपश्चिममा स्थापित बन्न सकेका पत्रकार हुन् । अव अर्थ सरोकारको केन्द्रीय कार्यालयमा रहेर उनले अर्थ सरोकारलाई अझ सशक्त बनाउनेछन् भन्ने विश्वास संस्थाले लिएको छ।’ अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक प्याकुरेलले भने –‘श्रेष्ठकै नेतृत्वमा हामी थप केहि खास कार्यक्रमहरुसमेत लिएर आउने तयारीमा छौँ ।’
प्याकुरेलका अनुसार श्रेष्ठकै नेतृत्वमा केहि थप टेलिभिजन कार्यक्रमहरु अर्थ सरोकारले उत्पादन गर्नेछ । समाचार संयोजकमा नियुक्त भईसकेपछि यता श्रेष्ठले पनि अर्थ सरोकारले आफुलाई दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताएका छन् । ‘अर्थ सरोकारमा तपाईंले जरुर केहि सकारात्मक परिवर्तन पाउनुहुनेछ । अर्थ सरोकारले ६ बर्षदेखि बनाएको ब्राण्डलाई न्याय हुनेगरी मेरो नेतृत्वमा थप काम हुनेछन् ।’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘हामीले नयाँ ढंगबाट काम सुरु गरिसकेका छौँ । विशेषगरी अर्थ सरोकारको मल्टिमिडियामा केहि थप बलियोपन देखिनेछ ।’
श्रेष्ठ यसअघि अर्थ सरोकारको सूदूरपश्चिम ब्युरोमा रही काम गर्दै आएका थिए । त्यसभन्दा अघि उनी रेडियो धनगढीमा समेत सुदूरपश्चिम प्रदेशकै चर्चित कार्यक्रम ’सुदूर बहस’का संचालक थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्