काठमाडौं । २४ घण्टामै घर–टहरा हटाउन निर्देशन दिएका मेयर बालेन्द्र शाह मंगलबार आफै नर्भिक अस्पताल पुगे । अस्पताल पुगेर संचालकसँग भेट गरेका शाहले महानगरपालिकाले दिएको अल्टिमेटममा भने केही लचकता देखाएका छन् । अस्पतालले तत्काल संरचना हटाउन नसकिने निश्कर्ष निकालेपछि मेयर शाहले आवश्यक समय दिने जानकारी गराएका छन् ।
महानगरले खाली गर भनेको जग्गामा अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरेकोले तत्काल संरचना हटाउन असम्भव रहेको अस्पतालका अध्यक्षले बताएका थिए । अस्पतालले सो निर्णय कार्यान्वयन गर्न तत्काल नसकिने पत्र पठाएपछि मेयर शाह अस्पतालमै पुगेका हुन् । अस्पतालमै पुगेर शाहले भने– ‘दुवै पक्षको इन्जिनियर राखेर अक्सिजन प्लान्ट हटाउन कति समय लाग्छ भनि निर्क्योल गरेर सोही अनुसारको समय अस्पताललाई दिन्छौँ । तर संरचना हटाउने निर्णयबाट पछि हट्दैनौँ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्