×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अघि बढ बालेन, जनता तिम्रो साथमा छन्’ (भिडियो)

स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाहले उम्मेद्वारी दिंदा राजनीतिक संगठनका झोलेहरु उनको खुब खिसीट्युरी गर्थे । भन्थे- ‘फेसबुकमा भाइरल भएर काठमाडौँको चुनाव कहाँ जितिन्छ र ?’ तर यथार्थ फरक थियो ।  उनका फ्यानहरु फगत फेसबुकमा मात्र फ्यान थिएनन्, बरु उनको मिसन, भिजन र एजेण्डा देखेर उनका नाममा झ्याप-झ्याप छाप हान्न प्रतिक्षारत थिए । र त, काठमाडौँका परिवर्तन खोज्ने जनताले बालेन शाहलाई ठुलो मतान्तरले जिताए । र पुष्टी गरे, अव समय युवाको हो ।

बालेनले चुनाव जिते । तर उनलाई काम गर्न नदिन, अझ भनौं उनलाई असफल बनाउन तीनै राजनीतिक ‘झोले’हरुले फोहोरको फोहोरी राजनीति सुरु गरे । र पनि काठमाडौँका आम जनताको मन र मत दुवै जितेका बालेन कमजोर थिएनन् । र त फोहोरको समस्यालाई पनि उनले समाधान गरेरै छोडे । फोहोरको समस्या समाधान भएपछि उनी काठमाडौँलाई नै फोहोर देखाउनेगरी बनेका र तीनै संरचनाका आडमा व्यापार गरिरहेका अनाधिकृत संरचनाहरु भत्काउन लागे । हिन्दि फिल्म नायकमा अनिल कपुर जंगिएजस्तै बालेन काठमाडौँको खाल्डोमा जंगिए ।

पूरै देश नै मेरो कब्जामा छ जसरी ठुला कुरा गर्नेहरुलाई, थर्काएरै भएपनि आफ्नो काम गरीछाडे । कानुन सबैलाई समान हुन्छ, राजनीतिक आडमा महानगरको सम्पत्तिलाईद दुरुपयोग गर्न कसैले पाउँदैन भन्दै उनी डोजर लिएर ती अवैध संरचना भत्काउन आफैं लागे । जनताको मत जितेका बालेनले फेरी जनताको साथ पाए । र उनी अहिले काठमाडौँ महानगरलाई सुन्दर र व्यवस्थित बनाउन लागि परेका छन् ।

बालेन्द्र शाह कुनै राजिनीतिक दलको चाकडी गरेर टिकट पाई नेता भएका भए यीनीसँग यो हिम्मत हुने थिएन । पूर्वमन्त्री राम कुमारी झाँक्रीले यो यथार्थतालाई थप पुष्टी हुनेगरी बालेनका पक्षमा बोलेकी छिन् । तर बालेन त जनताका नेता थिए । काठमाडौँलाई थप सुन्दर बनाउने बाचा गरेर जनताको भोट पाएका सबैका प्यारा नेता थिए, सबैका प्यारा बालेन दाई थिए । र त जनताले उनको कामलाई साथ दिए । र जनताको साथ पाएपछि अहिले उनी महानगरको नीति नियम विपरित गलत काम गरिरहेकाहरुमाथि जंगीएका छन् ।   बालेन्द्रले कसैलाई छोडेका छैनन् । न बैंक, न ठुला व्यापारीको मल, न नेता नै मेरा गोजीमा छन् भन्ने मैं हुँ व्यापारी, न बर्षौंदेखि राजनीतिक दललाई पालेर लुट्न पल्केका फटाहाहरु । उनले एक-एक गरी गलत गर्नेहरुका विरुद्ध धावा बोलिरहे । एक दिनमात्र समय दिंदा, वा भाखा सार्दा, अदालतबाट स्टे ल्याउने हैसियत यो देशका व्यापारीहरुसँग छ भन्ने थाहा पाएर उनले एक मिनेट पनि नपर्खी भत्काईरहे अवैध संरचनाहरु । आफैं इन्जिनियर भएकाले उनलाई कसैले दिएको गफलाई सत्य हो कि भनेर कन्फ्युज हुनुपर्ने बाध्यता थिएन । र त नक्सा हेर्दै, डोजर चलाउन निर्देशन दिंदै गरे बालेन । लाग्दैछ, गलत कामका विरुद्ध डटेर लडेका बालेनले अव छिट्टै काठमाडौँलाई हेर्न लायक व्यवस्थित शहर बनाउनेछन् । आखिर जनताले खोजेको नेता पनि बालेन शाह जस्तै न हो ।

बालेन्द्र शाहलाई सिध्याउन अहिले विभिन्न दलका झोलेहरु लागिपरेका छन् । उनलाई जसरी पनि गलत देखाएर गरिबको आँशुको व्यापारको ठेक्का लिइरहेका छन् फटाहाहरु । गरिबको उठिबास लगाए बालेनले भनेर अफवाह फैलाउने काम गरिएका छन् । तर सत्य के हो भने, बालेनले होइन, पाउँदै नपाउने ठाउँको भाडा उठाएर माफियाहरुले ती गरिबहरुलाई चुसीरहेका थिए । त्यसमा पनि ‘अव तिम्रो अनाधिकृत संरचनामा डोजर चल्छ, समयमा आफ्नो व्यवस्था गर’ भनेर ३५ दिन दिएकै हो । यति समय दिंदा पनि यो केटोले के गर्छ हेरौंला भनेर घमण्ड गर्नेहरुकै घरमा डोजर चलेको हो यतिबेला । र त जनताले भनिरहेका छन्, सलाम बालेन्द्र ! सलाम बालेन दाई !

बालेन्द्र शाह अरु नेताजस्तो औंठाछाप होइनन, उनी पढेलेखेका इन्जिनियर हुन् । उनलाई अरुजस्तो घुस खाएर मोटाउनु छैन, किनकि उनी खानदानी परिवारकै मान्छे हुन् । उनलाई फोहोरी राजनीति गर्नुछैन, किनकि उनी स्वतन्त्र उठेरै जितेका व्यक्ति हुन् । उनलाई अकुत कमाउनु छैन, किनकि उनी जनतामाझ घुस नखाने कसम खाएर मत जितेका व्यक्ति हुन् । उनलाई त बनाउनु छ यो काठमाडौँलाई सुन्दर शहर । अझ व्यवस्थित बनाउनुछ काठमाडौँ उनलाई । र हेर्न लायक, आहा महानगर बनाएर जनताको शहरलाई सबैको हेर्न लायक शहर बनाएर जनतालाई नै सुम्पिई विदा हुनुछ उनलाई मेयर पदबाट । र त दिनरात नभनी मेयर बालेन्द्र जनताका पक्षमा काम गरिरहेका छन् ।

अहिले बालेन्द्र शाहलाई हाम्रो साथको खाँचो छ । मेयर बालेन्द्रलाई तपाईं हाम्रो समर्थनको खाँचो छ । राम्रो गर्नेहरुलाई राम्रो भन्न सक्ने हाम्रो सत्यवचनको खाँचो छ उनलाई । केहि गर्न खोज्ने बालेनलाई तपाईं हाम्रो हौसलाको खाँचो छ । परिवर्तन सजिलै हुँदैन, यो सत्य हो । र त परिवर्तन गर्छु भनेर चुनौतीका पर्खालहरु भत्काउन तयार भएका बालेनलाई सत्य कर्म गर्ने, र उनको कामलाई साथ दिनेहरुको खाँचो छ । र त सबैले राजनीतिक खोलबाट अलि बाहिर निस्केर बालेन्द्रका सहि कामलाई सहि भन्ने हिम्मत गर्नुपर्छ ।

बालेन्द्रलाई एउटा आरोप छ, ‘नर्भिक अस्पताल भत्काउन नसक्ने, अनि गरिब व्यापारीका संरचना भत्काउने ?’

तर यो आरोप झुट हो । सत्य यो हो कि, नर्भिकमा सुरुमा बालेनलाई बिरामी देखाएर पगालियो । केहि समय मागियो । मनका पनि धनी बालेनले बिरामीहरुलाई हेरेर केहि समय दिए । तर नर्भिकका मालिकहरुले अदालतबाट ‘स्टे अर्डर’ ल्याएर काम रोकिदिए । बालेन आफैं अदालतको पेशी छिटो आओस भनिरहेका छन्।  र उनी आतुर छन्, नियम विपरित बनाइएका संरचनाहरु भत्काउन । हुन त उनलाई यो केसले एउटा गतिलो पाठ पनि सिकायो – ‘भावनामा बगियो भने भोलि अदालतको स्टे आउने रहेछ ।’ त्यसैले आजै भत्काईहालौं, नियम मिचेर बनाईएका पर्खालहरु।बुझ्न गाह्रो छैन, बालेन्द्रलाई अहिले कति राजनीतिक प्रेसर होला।  व्यापारीले कति प्रलोभन देखाएका होलान्।  तर अविराम जनताका लागि काम गरिरहेका बालेन न थाकेका छन्, न हारेका छन् । उनी त अविराम, अविरल विधिको शासन हुनुपर्छ भनेर लागिरहेका छन् । र  त जनताले भनिरहेका छन्, अघि बढ बालेन्द्र हामी तिम्रो साथमा छौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: