×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा न.३ घर भई हाल काठमाडौँ महानगरपालिका ३ बसुन्धारा बस्ने ५२ वर्षिय छत्र बहादुर रोक्का छेत्री सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

उनलाई २०७९/४/२५ गते काठमाडौँ महानगरपालिका बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानका लागि नयाँबानेश्वर प्रहरी वृत्त पठाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: