×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमईसँग मर्जरमा जाने सम्झौता गरेको बिओकेको नाफा बढ्यो, वितरणयोग्य नाफा नै १ अर्ब नाघ्यो…

काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको बैंक अफ काठमाण्डूले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३० करोड रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको निक्षेप १ खर्ब ९ अर्ब तथा कर्जा १ खर्ब २ अर्ब रहेको छ भने कर्जा निक्षेप अनुपात भने ८८.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशत रहँदा गतवर्ष बढेर १.१८ प्रतिशत पुगेको छ ।

त्यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको बेसरेट ९.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको बेसरेट ७.४४ प्रतिशत रहेको थियो । यता गतवर्ष बैंकको स्प्रेडदरमा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष स्प्रेडदर ३.०३ प्रतिशत रहेको बैंक अफ काठमाण्डूको स्प्रेडदर बढेर ३.६१ प्रतिशत पुगेको छ । बैंकको पुँजीकोष अनुपात १२.९४ प्रतिशत छ भने बैंकको प्रतिशेयर आम्दानी १७.०४ रुपैयाँ छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: