×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनवर्षी बहुउद्देश्यीय सहकारीको आयोजनामा ब्रिटिस गोर्खा कलेजमा सेयर बजार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनवर्षी बहुउद्देश्यीय सहकारीको आयोजनामा ब्रिटिस गोर्खा कलेजमा सेयर बजार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। काठमाडौँमा सेयर बजार अभिमुखीकरण तालिम सम्पन्न भएको छ । काठमाडौँको ब्रिटिस गोर्खा कलेजमा सो तालिम सम्पन्न भएको हो । सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र अर्थ सरोकारको सहकार्यमा आयोजित सो कार्यक्रममा कलेजका ६० बढी विद्यार्थीहरु सहभागी थिए ।
सो तालिममा सेयर बजारबारे जानकारी, प्राथमिक सेयर बजार र दोश्रो बजारमा प्रवेश गर्ने तरिका, सेयर बजारमा नियामकको भूमिका, सेयर बजारमा प्रवेश गर्दा ख्याल गर्नुपर्ने कुराहरु लगायतका विषयमा सुरज प्याकुरेलले विद्यार्थीहरुमाझ आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा सेयर बजार सम्बन्धि विद्यार्थीका प्रश्नहरुमाथि पनि छलफल भएको थियो ।
कार्यक्रममा कार्यक्रमका संयोजक डा. निरन्जन रिजालले सुनबर्षी बहुउद्देशीय सहकारीले यस्ता कार्यक्रमहरु आउँदा दिनहरुमा पनि आयोजना गर्ने बताएका थिए भने कार्यक्रममा कलेजका प्रतिनिधिले कार्यक्रम आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष गणेश घिमिरेले आउँदा दिनहरुमा पनि अर्थ सरोकारको सहकार्यमा विभिन्न यस्ता तालिमहरु आयोजना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी