×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकसँग बिलय हुन लागेको सेञ्चुरी कमर्सियल बैंक पनि अर्बपति क्लबमा, १ अर्ब ३५ करोड नाफा, लाभांश क्षमता कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकसँग बिलय हुन लागेको सेञ्चुरी कमर्सियल बैंक पनि अर्बपति क्लबमा, १ अर्ब ३५ करोड नाफा, लाभांश क्षमता कति ?

काठमाडौं । प्रभु बैंकसँग बिलय हुन लागेको सेञ्चुरी कमर्सियल बैंक पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेको छ । बैंकले प्रकाशित गरेको गतवर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा नाफा ६२ करोड रुपैयाँ थियो । बैंकले आर्जन गरेको नाफामध्ये सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ९१ करोड रुपैयाँ रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपैयाँ कमाएको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिन सक्नेछ । असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।

त्यस्तै सार्वजिनक भएको वित्तीय विवरण अनुसार बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा रहेको थियो । १०.२३ प्रतिशत बेसरेट छ । अघिल्लो वर्ष ७.८० प्रतिशत थियो । बैंकको स्प्रेडदर ३.२६ प्रतिशत अघिल्लो वर्ष रहेको यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: