Skip to content
LAXMI SUNRISE BANK

सीएचडीसीको गैरकानुनी काममा नेप्सेको फलोअप जारी, ‘कानुन उल्लङ्घन भएका बुँदामा स्पष्टीकरण चित्त बुझेन’

अर्थ सरोकार

काठमाडौँ । सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि सेयर लगानीकर्ताले कम्पनीविरुद्ध उजुरी गरेका थिए । वास्तविक विवरण पनि लुकाउने र भित्रभित्रै गैरकानुनी कारोबार पनि गर्ने कम्पनीविरुद्ध उजुरी परेपछि कम्पनीलाई नेप्सेले स्पष्टीकरण सोधेको थियो । नेप्सेले स्पष्टीकरण सोधेपछि कम्पनीले पनि आफ्नो स्पष्टीकरण बुझाएको छ । तर कम्पनीले बुझाएको स्पष्टिकरण चित्त नबुझेपछि नेप्सेले कानुनी परामर्श थालेको छ ।
सो कम्पनीले स्पष्टीकरण बुझाएको र कम्पनीले पुष्टी गर्न नसकेका बुँदाहरुमा थप कानुन हेरेर, कुराहरु सोधेर अगाडी बढ्न निर्देशन दिईसकेको नेप्सेका सीइओ कृष्ण कार्कीले अर्थ सरोकारलाई बताए । ‘हामीले स्पष्टिकरण सोध्यौँ । कम्पनीले बुँदागत रुपमा जवाफ पनि पठायो । तर कानुन उल्लङ्घन भएका कतिपय बुँदाहरुमा कम्पनीले आफ्नो भनाई पुष्टी गर्न सकेको छैन । त्यसलाई हेरेर पुन: अगाडी बढ्न मैले सम्बन्धित विभागलाई निर्देशन दिईसकेको छु ।’ नेप्सेका सीइओ कार्कीले अर्थ सरोकारसँग भने । अहिले सो कम्पनीमाथि विवरण लुकाएकोदेखि गैरकानुनी काम गरेकोसम्मका आरोप छन् । कम्पनीविरुद्ध नेप्से, नेपाल धितोपत्र बोर्डमा मात्र होइन, कम्पनी रजिष्ट्रारको कार्यालयमासमेत उजुरी दर्ता भईसकेको छ । सम्बन्धित सबै निकायले कारवाही प्रक्रिया अगाडी बढाईसकेका छन्।
यता कम्पनीको सहायक कम्पनी राधीका तत्कालीन अध्यक्षले गैरकानुनी रुपमा सेयर बेचेको मुद्धा पनि नेप्सेमा छ । यससम्बन्धमा नेप्सेले कम्पनीले गलत गरेको भन्ने तथ्य बुझिसकेको र आवश्यक कारवाही प्रक्रिया अगाडी बढिसकेको नेप्सेले जनाएको छ । ‘हामीले सोधेका कतिपय बुँदाहरुमा कम्पनीले बुझाएको स्पष्टीकरण हामीलाई चित्त बुझेको छैन । यस विषयमा हामीले सम्बन्धित कम्पनीलाई पुन: पत्राचार गर्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईसकेका छौँ ।’ नेप्सेका सीइओ कार्कीले अर्थ सरोकारसँग भने ।
कार्वाही रोक्न रुङ्गटाको दौडधुप
यता आफुले गरेको गलत कामउपर कारवाही हुने भएपछि अनिल कुमार रुङ्गटा दौडधुपमा लागेका छन् । नेप्सेको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार आफुले गरेको गलत कामको समाचाहर बाहिरिएपछि अहिले रुङ्गटा नेप्से र धितोपत्र बोर्ड धाईरहेका छन् । ‘केहि समय अगाडी उहाँ (रुङ्गटा) स्वयम् नै नेप्से आउनुभएको थियो । उहाँले आफुविरुद्ध केहि मान्छेहरु लागेको भन्दै आफुलाई कारवाही नगर्न आग्रह गर्नुभएको थियो । उहाँलाई कारवाही नगर्न नेप्सेलाई राजनीतिक प्रेसर पनि छ।’ नेप्से स्रोत भन्छ- ‘उहाँले गलत गर्नुभएको छ भन्ने पनि सबैलाई थाहा छ। अव कारवाही गर्ने कि राजनीतिक प्रेसर नलिने, कारवाही नगर्ने भन्ने विषयमा नेप्से स्वयम् नै अलमलमा छ।
यसअघि…
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK