×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कालोसूचीमा परेको सहकारीका अध्यक्षको आश्वासन-‘५ लाख भन्दा बढी पैसा राखेकालाई जग्गा दिन्छु’

काठमाडौँ । कालोसूचीमा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले ५ लाख भन्दा बढी पैसा सहकारीमा राखेकालाई जग्गा दिने आश्वासन दिएका छन् । सोमबार आफु निकट सहकारीका सदस्यहरुलाई बोलाएर ललितपुर पार्टी प्यालेसमा एक कार्यक्रम गरी उनले यस्तो बताएका हुन् । सहकारीले जनता निक्षेप लिएर दुरुपयोग गरेको थियो ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष चौलागाँइले संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुइ भागमा विभाजन गरेर बचत फिर्ता गर्ने  भन्दै बचतकर्तालाई आश्वासन दिने प्रयास गरेका छन् । ५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना आफुले बनाएको बताउंदै उनले आफुले लगानी गरेको रकम फिर्ता नभएकाले समस्या परेकोसमेत दाबी गरेका थिए ।

पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ ओटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जाने र ५ लाख भन्दा बढी बचत रकम भएकाहरुलाई २ बर्ष भित्र सम्पुर्ण रकम फिर्ता गरिने अध्यक्ष चौलागाँइको दाबी छ । ५ लाख भन्दा माथिका बचतकर्तालाई जग्गा नामसारी गरिदिने उनको भनाई छ ।

करिव २० हजार सदस्यहरुबाट अरवौं रुपैयाँ उठाएर सहकारीले दुरुपयोग गरेपछि यो सहकारीलाई कालोसूचीमा राखिएको छ ।  ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरी ३ वटा काउन्टर छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: