×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतको ७६ औँ स्वतन्त्रता दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाइयो…(फोटा-कथा)

काठमाडौं । अगष्ट १५ अर्थात ‘इन्डिपेन्डेन्स डे अफ इण्डिया’ । आज तामझामका साथ ७६ औँ स्वतन्त्र दिवश मनाइदै छ । यसैबीच नेपालमा पनि विभिन्न कार्यक्रम गरि भारतको ७६ औँ स्वतन्त्र दिवश मनाइएको छ । ७५ वर्षको एतिहासिक उपलब्धिलाई सम्झना गर्न भारतीय राजदूतावास काठमाडौंले बृहत रुपमा दिवस मनाएको जनाएको छ ।

सोमबार भारतीय राजदुतावास काठमाडौंमा आयोजित कार्यक्रको दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले उद्घाटन गरेका थिए । सोसँगै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधनलाई काउन्सिलर श्रीवास्तवले पढेरै सुनाएका थिए । दिवसकै अवसरमा आयोजना गरिएको कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेपाली रुपैँया २ करोड ६५ लाख प्रदान गरी सम्मान गरेको छ ।

त्यस्तै दूतावासले स्वतन्त्रताका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा छरिएर रहेको नागरिकसमक्ष भारतको बारेमा जानकारी पुर्याउने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको राजदुतावासले जनाएको छ । सोमबार सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति राखेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: