×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले नाफा ४३ प्रतिशतले बढायो, बाड्न मिल्ने नाफा नै पौने २ अर्ब !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकले नाफा ४३ प्रतिशतले बढायो, बाड्न मिल्ने नाफा नै पौने २ अर्ब !

काठमाडौँ ।कुमारी बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७८/७९ मा कुमारी बैंकको खुद नाफा ४३.८७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा २ अर्ब ८३ करोड छ । आर्थिक वर्ष ७७/७८ मा बैंकले १ अर्ब ९७ करोड खुद नाफा कमाएको थियो ।

पछिल्लो वित्तीय विवरण अनुसार  बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रहेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ५ अर्व ७ करोड पुगेको छ । यस्तो आम्दानी अघिल्लो बर्षको सोहि अवधिको तुलनामा  २५.६७ प्रतिशतले बढी हो ।
यस अवधिमा बैंकको निक्षेप २१.२१ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.२२ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । पछिल्लो समय मेगा बैंकसँग मर्जरको अन्तिम तयारी भएर पनि भाँडिएपछि एक्लै हिड्ने रणनीति बोकेको बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड छ । यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ २७ पैसा छ भने प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: