×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलन चर्किएपछि लघुवित्तका सीईओहरुपनि चेते, अब कर्जा दिंदा ऋणीको क्षमता हेर्ने प्रतिवद्धता…(पत्रसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

आन्दोलन चर्किएपछि लघुवित्तका सीईओहरुपनि चेते, अब कर्जा दिंदा ऋणीको क्षमता हेर्ने प्रतिवद्धता…(पत्रसहित)

काठमाडौं । लघुवित्तको मनपरी बढेको भन्दै लघुवित्त खारेजी अभियान नै चलेपछि सदस्यको क्षमता नै नहेरी ऋण दिन पल्किएका सीइओहरु बल्ल चेतेका छन् । नीतिगत तथा लघुवित्त वित्तीय संस्थाहरुको स्वयमको लापरवाहीले पनि समस्या सृजना भएको ठहर गर्दै नेपाल लघुवित्त बैंकर्स संघले कर्जा प्रवाह लगायत अन्य ८ वटा प्रतिवद्धता सार्वजनिक गरेको छ ।
काभ्रेको धुलिखेलमा सम्पन्न नेपाल लघुवित्त बैंकर्स संघले गरेको भेलाले ८ बुँदे प्रतिवद्धता तथा निर्णय गर्दै कर्जा लगानी, स्रोत व्यवस्थापन, ब्याजदर लगायतको सम्बन्ध आवशयक सुधारका लागि प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुले देशमा गरिबी निवारणमा लघुवित्तको योगदान अतुलनीय रहेको तर्क प्रस्तुत गरेका थिए ।
यद्यपी नीतिगत र लघुवित्त वित्तीय संस्थाहरु स्वयंको कारणले पनि पछिल्लो समय समस्या सिर्जना भएको भेलाको निष्कर्श रहेको थियो । लघुवित्तमा देखापरेका नीतिगत तथा सञ्चालनगत समस्याहरु पहिचान गरी समाधानका उपायबारे भेलाले धारणा, प्रतिवद्धता एवम् निर्णयहरु सार्वजनिक गरेको छ ।
सो निर्णयले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनका लागि कडाई गर्नुका साथै ऋण लिन र दिनका लागि निश्चित मापदण्ड निर्धारण गरेको छ ।
यस्ता छन्, कर्जा लगानी सम्बन्धमा गरिएको निर्णयः.
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: