काठमाडौं । आफ्नै खाताको बचत झिक्न नपाएपछि लेबनानमा बैंकका कर्मचारीसहित १० जनालाई बन्धक बनाइएको छ । बिहीबार बन्दुकधारी ४२ वर्षिय सेख हुसेनले खाताको बचत रकम निकाल्न पाउनुपर्ने मागसहित १० जनालाई ६ घण्टासम्म बन्धक बनाएका थिए ।
बन्दुक र पेट्रोलसहित लेबनानको फेडरल बैंकमा पसेका हुसेनले खाताको पैसा निकाल्न नदिए बैंकभित्रै आत्महत्या गर्ने चेतावनी दिएका थिए । लेबनानमा सन् २०१९ देखि सुरु भएको आर्थिक संकटका कारण हुसेनको २ लाख अमेरिकी डलर रकम बैंकमा फसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुवाको उपचार र पारिवारिक प्रयोजनका लागि पैसा झिक्न नपाएपछि हुेसेनले बैंकका कर्मचारीसहित १० जनालाई बन्धक बनाएका थिए । हुसेनलाई बचतको रकम दिन बैंक तयार भएपछि उनले आत्मसमर्पण गरेका थिए ।
हाल लेबनानमा बचतकर्ताले बैंकबाट निकाल्न पाउने रकममा सीमा तोकिएको छ । आफ्नै पैसा निकाल्न नपाएपछि अहिले लेबनानमा निक्षेपकर्ताहरु आक्रोशित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्