×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंङ्गलादेश बैंकलाई प्राप्ती गरेपछि नबिलको नाफामा ९ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा मात्रै ३ अर्ब नाघ्यो (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बंङ्गलादेश बैंकलाई प्राप्ती गरेपछि नबिलको नाफामा ९ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा मात्रै ३ अर्ब नाघ्यो (विवरणसहित)

Artha Sarokar

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षमा ९ प्रतिशत बढीले खुद नाफामा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको चौथो त्रैमासम्ममा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैँया खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गतवर्षको तुलनामा ९.८३ प्रतिशत कम हो ।

त्यस्तै बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद ब्याज आम्दानीमा १६.७९ प्रतिशतले वृद्धि भएको नबिल बैंकको खुद फि तथा कमिसन आम्दानीमा पनि ६.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकको कुल सञ्चालन आम्दानी २.३७ प्रतिशत र सञ्चालन मुनाफा पनि १३.९८ प्रतिशत बढेको छ ।

यता बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी ६४.९२ प्रतिशत बढेको छ भने जगेडा कोष ४८.६५ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी