×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा झिनो बढोत्तरी, इपीएस १० रुपैयाँ १३ पैसा, अन्य सूचकहरु कस्ता ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा झिनो बढोत्तरी, इपीएस १० रुपैयाँ १३ पैसा, अन्य सूचकहरु कस्ता ? (विवरणसहित)

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफामा १.९१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चोथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गर्दै कम्पनीले गतवर्षको अन्त्यसम्ममा ४० करोड ८८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ४० करोड १२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता कम्पनीले नोक्सानी व्यवस्थाका लागि ८३ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ । समिक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोष २४.४० प्रतिशत ले घटेर ६६ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको जीवन बिमा कोषको आकारमा भने २०.५८ प्रतिशतले वृद्धि हुँदै ५१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७.८८ ले बढेको छ । योसँगै कम्पनीको खुद बीमा शुल्क १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ रहेको भने प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ १३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ १९ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: