×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल हाइड्रोको नाफामा १२२ प्रतिशतले वृद्धि, ईपीएस ५ रुपैयाँ ३४ पैसाले बढ्यो, अन्य सूचक कस्ता ? (विवरणसहित)

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ३० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतवर्षको अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजिनक गर्दै कम्पनीले अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशतले बढी नाफा कमाउको जनाएको छ । कम्पनीले अघिल्लो वर्ष १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले एक वर्षको अन्त्यसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ९ करोड ५० लाख पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ७ करोड २२ लाख रुपैयाँ रहेको थियो, जुन गतवर्षको तुलनामा ३१.४५ प्रतिशत कम हो । योसँगै विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरीले नाफामा वृद्धि गरेको कम्पनीको प्रक्षेपण रहेको छ ।

नेपाल हाइड्रोको चुक्ता पुँजी ३१ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा (इपीएस) पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ४ रुपैयाँ ९८ पैसा रहेको कम्पनीको ईपीएस गतवर्ष बढेर १० रुपैयाँ ३२ पैसा कायम भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९२ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: