×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’ : ८४ लाखसम्मको बीमासहित यस्ता छन् अन्य सुविधा

काठमाडौँ । बैंकमा पैसा जम्मा गर्नुका दुई स्वार्थ हुन्छन् । एउटा आफ्नो निक्षेप सुरक्षित होस् भन्ने, र अर्को भविष्यमा साहारा बनोस् भन्ने । र त नागरिकको त्यही सपना र विश्वासलाई कायम राख्दै एनआईसी एशिया बैंकले आफुले सञ्चालन गर्दै आएको ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत ‘सर्वश्रेष्ठ ज्येष्ठ नगारिक बचत खाता योजना’ ल्याएको छ । बैंकले ज्येष्ठ नागरिकलाई ५ वर्ष अवधिका लागि अधिकतम् ८४ लाख रुपैयाँसम्मको बीमा कभर हुनेगरी ३ श्रेणीहरू रहेको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’ ज्येष्ठ नागरिकका लागि निक्षेपमा ढुक्कसँग पैसा जम्मा गरेबापत धेरै फाईदाको अवसर हासिल गर्न सकिने सुनौलो मौका रहेकोे बैंकको भनाई छ । बैंकका अनुसार बचत खातामा ज्येष्ठ नागरिकका लागि नेपालको बैंकिङ क्षेत्रमै यो अतुलनीय अफर हो ।

‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’का तीन श्रेणी
एनआईसी एशिया बैंकले ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै सार्वजनिक गरेको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’लाई बैंकले तीन श्रेणीमा विभाजन गरेको छ । सोही अनुसार निक्षेपकर्ताहरु ‘एनआईसी एशिया गुडविल एम्बेसडर’, ‘द प्राइड अफ एनआईसी एशिया’ र ‘द पार्टनर अफ एनआईसी एशिया’ को योजनाका ग्राहक बन्न सक्नेछन् । बैंकका अनुसार ‘एनआईसी एशिया गुडविल एम्बेसडर’ अन्तर्गत न्यूनतम १ लाखको मौज्दात, ‘द प्राइड अफ एनआईसी एशिया’मा न्यूनतम ५० हजार र ‘द पार्टनर अफ एनआईसी एशिया’मा न्यूनतम २५ हजार रुपैयाँ मौज्दात गरी खाता खोल्न सकिनेछ ।

बैंकले सो योजनामा ग्राहक बन्ने निक्षेपकर्ताहरुले खाता खोलेको पाँच वर्षसम्म श्रेणी अनुसारको बीमा फाइदा लिन सक्नेछन् । जसअन्गर्तन बैंकको ‘एम्बेसडर’ खातामा ८४ लाख रुपैयाँ, ‘प्राइड खाता’मा ४२ लाख रुपैयाँसम्म र ‘पार्टनर श्रेणी’मा २१ लाख रुपैयाँसम्मको बीमा फाइदा प्राप्त हुनेछ । बैंकको ‘सर्वश्रेष्ठ ज्येगठ नागरिक बचत खाताबाट प्राप्त हुने यी फाइदाका लागि ग्राहकले कुनैपनि अतिरिक्त शुल्क वा प्रिमियम तिर्नु नपर्ने बैंकले जनाएको छ ।

‘एनआईसी एशिया गुडविल एम्बेसडर’का फाइदाहरु
एनआईसी एशिया बैंकले ज्येष्ठ नागरिकका लागि ल्याएको यो योजनाको बीमा फाइदा अन्तर्गत ग्राहकले खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले पाँच वर्षसम्म बीमा फाइदा प्राप्त गर्न सक्नेछन् । जसअन्गर्तत खातावालाले ४० लाख रुपैयाँसम्म दुर्घटना बीमा, ४० लाखसम्म घातक रोग बीमा, ४ लाख रुपैयाँसम्म औषधि उपचार बीमाको फाइदा रहेको छ । औषधि उपचार बीमाअन्तर्गत ओपिडिमा ८० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा ३ लाख २० हजारसम्मको बीमाले ब्यहोर्ने बैंकले जनाएको छ ।

यता बैंकले ‘एनआईसी एशिया गुडविल एम्बेसडर खाता’का ग्राहकले सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत योजनाको ५ वर्षको लागि निःशुल्क डिम्याट खाता, मेरो शेयर निःशुल्क उपलब्ध गराउनुका साथै पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षका लागि ५० प्रतिशतसम्म छुट दिइने जनाएको छ । त्यस्तै २ लाख रुपैयाँभन्दा माथि भएकालाई फ्लेक्जी फिक्डको फाइदा प्राप्त हुनुका साथै फ्लेक्जी फिक्स्डमा वार्षिक ११.०३ प्रतिशत ब्याज पाइने, मुद्दती र बचत ब्याजको भिन्नतामा अग्रिम भुक्तानी शुल्कको फाइदा रहेको बैंकले जनाएको छ ।

‘द प्राइड अफ एनआईसी एशिया बैंक’का फाइदाहरु
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’को ‘द प्राइड अफ एनआईसी एशिया’ प्रोडक्ट लिएका खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जनाले बीमा फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म उक्त फाइदा प्राप्त हुनेछ । जसमा २० लाखसम्म दुर्घटना बीमा, २० लाखसम्म घातक रोग बीमा, २ लाखसम्म औषधि उपचार बीमा रहेको बैंकले जनाएको छ । यसअन्तर्गत ओपिडिमा ४० हजार रुपैयाँ र हस्पिटलाइज्ड हुनुपरेमा १ लाख ६० हजार रुयैयाँसम्मको बीमाबापत भुक्तानी गर्ने गरी व्यवस्था मिलाइएको छ ।

सोही प्रोडक्टका सेवाग्राहीहरुले योजना प्रयोग गरेको सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षका लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् । निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलियो म्यानेजमेन्ट सेवा सहुलियत शुल्कमा उपभोग गर्न सक्छन् । जसमा निक्षेपकर्तासँग भएको पुँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयर बजार, म्युचुअल फन्ड आदि) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन बैंकको भनाई रहेको छ । त्यस्तै पूर्वस्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाइने बैंकले जनाएको छ ।

‘द पार्टनर अफ एनआईसी एशिया बैंक’का फाईदाहरु
यो प्रोडक्ट लिएका खातावालाल खाता खोलेको पाँच वर्षसम्म १० लाखसम्म दुर्घटना बीमा, १० लाखसम्म घातक रोग बीमा र १ लाखसम्म औषधि उपचार बीमा फाइदा पाउनेछन् । औषधि उपचारअन्तर्गत ओपिडिमा २० हजार रुपैयाँ र हस्पिटलाइज्ड हुनुपरेमा ८० हजार रुपैयाँसम्मको बीमाले व्यहोर्ने बैंकले जनाएको छ । त्यस्तै सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत यस योजनाका ग्राहकले ५ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै यो प्रोडक्ट प्रयोग गर्ने सेवाग्राहीले पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाइने बैंकले जनाएको छ ।

पाँच वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा
एनआईसी एशिया बैंकले ल्याएको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’का तीनै श्रेणीका खातावालालाई ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा दिइने बैंकले जनाएको छ । जसअन्तर्गत सेवाग्राहीहरुले डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा पाँच वर्षका लागि निःशुल्क कारोबार गर्न सक्नेछन् । त्यस्तै ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्डको सीमा पाइनेछ भने ग्राहकलाई क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क नलाग्ने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ ।

यसो त बैंकको सो योजना अन्तर्गत पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न र ई–कमर्स एक्टिभेसन शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ । यससँगै ५ वर्षसम्म निःशुल्क चेक प्रोसेसिङ, आरटीजीएस, आईपीएस तथा सीआईपीएस, लकर शुल्क, लकर मार्जिन, एटीएमबाट नगद झिक्न (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गर्न (स्वदेशी बैंक) सकिनेछ । साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिइनेछ । यसमा अमेरिकी डलर, युरो क्यानेडियन, पाउण्ड स्ट्रर्लीङ र अस्ट्रेलियन डलर सटहीमा सुविधा दिने गरी व्यवस्था गरेको छ ।

बचतमा सहुलियत कर्जा
ज्येष्ठ नागरिकलाई लक्षित गरी ल्याएको बैंकको सो योजना अन्तर्गत बचतकर्ताले आवश्यकता अनुसार कर्जासँग सम्बन्धित फाइदा पनि लिन सक्ने बैंकले जनाएको छ । बचतकर्ताहरूले खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पूर्व स्वीकृत कर्जा सीमाअन्तर्गत रही व्यक्तिगत कर्जामा फाइदा पाउनेछन् । जसअन्तर्गत सहुलियत ब्याजदर (आधार दरमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिनेछ । यदि ग्राहकको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत १० लाख बचत जम्मा रहेको छ भने ग्राहकले १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् १ करोड रुपैयाँ कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । उक्त कर्जामा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

‘पहिलेदेखि नै आफ्नै जस्तो लाग्ने एनआईसी एशिया बैंकको यो प्रोडक्टले झनै अपनत्व महसुस गराएको छ । बैंकले हामीजस्ता ज्येष्ठ नागरिकका लागि ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’ ल्याएको छ भन्ने सुनेपछि योजनाको ग्राहक बन्न आएको हुँ ।’ एनआईसी एशिया बैंकको शाखामा पुगेका एक ग्राहकले भने –‘म एनआईसी एशिया बैंकको विगत ७ वर्षदेखि निरन्तर सेवाग्राही हुँ । बैंकको हरेक सेवा तथा सुविधाको लाभकर्ता हुँ । हुनत मेरो अन्य बैंकमा पनि खाता छ तर मलाई सहज र आफ्नो भनेकै एनआईसी एशिया बैंक हो जस्तो लाग्छ । अझ अहिले ज्येष्ठ नागरिकका ल्याएकको बैंकको योजनाले हाम्रो सुन्दर भविष्य सुनिश्चित गरेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: