×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाको ‘विशाल एटिएम सञ्जाल’ : टोलटोलमा सेवा, बस्ती बस्तीमा बुथ… (विस्तृत विवरणसहित) 

काठमाडौं । कुनै बेला यस्तो थियो, आफु ग्राहक भएको बैंकको एटिएम मेशिन नजिकै नहुँदा पनि खुब समस्या हुन्थ्यो बैंकका ग्राहकलाई । एटिएम मेशिनसम्म पुग्न पनि गाडी चढेर जानुपर्ने स्थिति थियो कुनैबेला । तर अहिले समयको परिवर्तनसँगै बैंकिङ पनि परिवर्तन भएको छ । टोल-टोलमा, बस्ती-बस्तीमा एटिएम बुथहरु खुलेका छन् । लाग्छ- ‘घरैमा आएर बैंकले सेवा दिईरहेको छ।’ त्यतिमात्र होइन, अस्पतालहरुमा, सुपरमार्केटहरुमा पनि बैंकको एटिएम बुथ राखिएको छ, जसले बैंकिङमात्र होइन, दैनिकी पनि सहज बनाईदिएको छ ।
एनआईसी एशिया बैंकले ग्राहकमुखी सेवा विस्तार गर्दै एटिएम सेवालाई देशव्यापी रुपमा फैलाएको छ । बैंकले गाउँका बिकट बस्तीहरुदेखि सुगम शहरका कुना कन्धरासम्मै एटिएमबाट सेवा विस्तार गरेसँगै नागरिकले पनि सहजताको ठुलो अनुभुति गर्न पाएका छन् । केहि पैसा झिक्न कै लागि लामो समय लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बैंकले पूर्वदेदेखि सुदूरपश्चिमसम्मै गरेको एटिएमको विशाल सञ्जाल विस्तारले बैंकलाई एटिएम संजालमा देशको नम्बर १ बैंकमात्र बनाएको छैन बरु, एटिएममार्फत सेवा दिने मामलामा पनि देशकै नम्बर १ बैंक बनाउन सफल भएको छ ।
पूर्वमा ‘पर’ जानुपर्दैन है ! 
एनआईसी एशिया बैंकको देशभर कुल ४७३ वटा एटिएम बुथबाट सेवा विस्तार गरेको छ । यसै पनि यो बैंक उदाएको क्षेत्र हो पूर्व, अर्थात प्रदेश नम्बर १ ।  सेवा दिने मामलामा यो क्षेत्रसँग फरक खालको ‘इन्टिमेसी’ हुने भई नै हाल्यो । र त बलिया, बिबिएसएम बिराटनगर, बेलबारी, भोजपूर, बिराटचोक, बिराटनगर, बिराटनगर महानगरपालिका एक्टेन्सन काउन्टर र बिर्ताबजार शाखामा बैंकले एटिएस सेवा सञ्चालन गरेको छ ।
यतिमात्र होइन बैंकले १ नम्बर प्रदेशमा अन्य बिर्तामोड, बुधबारे, सेन्ट्रल मल बिराटनगर, चन्द्रागढी, चन्द्रगढी एअरपोर्ट, छारपाने, दमक, दमक चोक, धरान, धरान बिपीके आईएचएस, धरान शाखा, धुलाबारी र डुहावीमा पनि एटिएमबाट सेवा सञ्चालन गरिरहेको छ । त्यस्तै बैंकले दमकको फाल्गुनन्द चोक, फुङलिङ्ग, गाईघाट, हाटखोला ब्रान्च, हनुमान कम्प्लेक्स, हिले, इलाम, इटहरी, झापा बजार, झिलझिले, कञ्चनाकवाल शाखा, कांकडभित्ता, केराबारी शाखा, कोशी प्रादेशिक कार्यालय बिराटनगर, लेटाङ्ग शाखा, मालपोट कार्यालय बिराटनगर, मेची आँखा अस्पताल बिराटनगर, म्याङलुङ्ग शाखा, पदजुङ्गी दमक शसस्त्र प्रहरी क्याम्प, पकाली शसस्त प्रहरी कार्यालय इटहरी, पथरी शाखा फिदिम शाखामा पनि एटिएम सेवा विस्तार गरेको छ । त्यस्तै पूर्वाञ्चल इङ्गिलिस क्याम्पस धरान, पुष्पलाल चौक, रमाइलो शाखा, रानी मिल्स एरिया ब्रान्च बिराटनगर, रोडसेश चौक, शनिस्चरे शाखा, सुरुङ्गा शाखा, टकिंसिन्वरी शाखा, ताराहरा शाखा, तीनपाइनी, उर्लाबारी र यातायात कार्यालय इटहरीमा पनि एनआईसी एशिया बैंकले एटिएमबाट सेवा दिईरहेको छ ।
मधेशमा बस्ती-बस्तीमा एनआईसी एशिया एटिएम सेवा !
मधेश प्रदेशको आदर्श नगर, बागमती, बैबास, बारथाहा शाखा, बर्दीबास, बर्दिबास प्रादेशिक कार्यालय, भानु चोक जनकपुर, बिरगञ्ज शाखा, चन्द्रनिगाहपुर शाखा, गरुडा शाखा, गौर शाखा, गोलबजार, हरिवन तथा जनकपुरबाट समेत बैंकले एटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै मध्यप्रदेशकै जितपुर, कलैया, लहान शाखा, मैसथान बिरगञ्ज, मलङ्गवा शाखा, मिर्चैया, पिडारी चोक, रमानन्द जनकपुर, सगरमाथा आँखा अस्पताल लहान तथा सिराह शाखाबाट पनि बैंकले एटिएम सेवा सञ्चालन गरिरहेको छ ।
बागमतीमा झनै ठुलो सञ्जाल !
देशको राजधानीसमेत रहेको बाग्मती प्रदेशमा एनआईसी एशिया बैंक र बैंकबाट विस्तारित सेवाको उपस्थिति थप बाक्लो छ । देशकै ठुला शहरमध्येका धेरै शहरहरु यही प्रदेशमा पर्ने हुँदा पनि सबैभन्दा धेरै शाखा र एटिएम सेवा यही प्रदेशमा छ एनआईसी एशिया बैंकको । बागमती प्रदेशको सिन्धुलीमा बैंकले धापाखेल एक्सटेन्सन काउन्टर र बैंकको सिन्धुली शाखाबाट एटिएम सेवा प्रवाह गरिरहेको छ । रामेछापमा मन्थली शाखा, दोलखामा चरिकोट, भक्तपुरमा बल्कोट, बिबिएसएम ठिमी, भक्तपुर शाखा, भक्तपुर दरबार स्क्वायर, डुवाकोट, गुहेश्वरी गङ्ग, कमलबिनायक, खरिपाटी, पुरानो ठिमी, साँखु, सिद्धपोखरी तथा टुरिजम मार्केट भक्तपुरबाट बैंकले आफ्नो एटिएम सेवा विस्तार गरेको छ ।
धादिङमा धादिङबेसी शाखा, धर्के, गजुरी, गल्छी शाखा, खानीखोला शाखा र महादेवबेसी शाखामा एनआईसी एशिया बैंकको एटिएम बुथ राखिएको छ । त्यस्तै काठमाडौंमा अनामनगर, बागबजार, बालाजु, बालुवाटार, बानेश्वर चौक, बानियाटार, गोंगबु, बत्तिसपुतलि, बिबिएसएम अनामनगर, बिबिएसएम बालाजु, बिबिएसएम बौद्ध, बिबिएसएम कलंकी, बिबिएसएम कोटेश्वर, बिबिएसएम महाराजगंज, बिबिएसएम नक्शाल, बिबिएसएम त्रिपुरेश्वर, बिजी महल, भगवानबहाल ठमेल, भत्क्यापति किर्तिपुर, बिशाल बजारमा बैंकको एटिएम सेवा विस्तार गरिएको छ ।
त्यस्तै काठमाडौंको बोहराटार शाखा, बौद्ध, बौद्धनगर, बुढानिलकण्ठ, चाहविल, चन्द्रागिरी, छाउनी, क्षेत्रपाटी, सिभिल मल, ढुंगेधारा, डिल्लीबजार, गा हल, घट्टेकुलो, गोल्फुटार, गोंगबु, गोठेटार, ग्वार्को, ज्ञानेश्वर, हाडीगाउँ, होटल आर्ट, होटल काठमाडौँ, इशलिङटन कलेज, जावलाखेल, ज्याठा, काँडाघारी, कालिकास्थान, कालोपुल, कमलादी, कमलपोखरी, कौशलटार, खिचापोखरी, खिचापोखरी न्युरोड, खुमलटार, खुसिबु नयाँबजार, किल्लागल, किर्तीपुर शाखा, कुलेश्वर, कुमारीजल खरिबोट, कुमारीपाटी, केभिएच भोटेबहाल, लगनखेल, लाजिम्पाट, लाजिम्पाट बिग मार्ट, लेखनाथ मार्ग ठमेल, एलओडी ठमेल, लुभु एक्टेन्सन काउन्टर, एलआरआई कलंकी एक्सटेन्सन काउन्टर, माछापोखरी, महाराजगञ्ज तथा मनमैजुमा पनि एनआईसी एशिया बैंकले एटिएम मेसिन राखेको छ ।
काठमाडौंकै सितापाईला, मातातिर्थ एपिएफ एकेडेमी, मध्य बानेश्वर चौक, नारायणटार, नक्शाल बिग मार्ट, नयाँबजार, नेपाल ल कलेज, न्यौपाने गाउँ, नयाँ बानेश्वर, न्युरोड, ओम साईबाबा अस्पताल ढुंगेधारा चोक, पाटन ढोका, पेप्सिकोला, फर्पिङ शाखा, पुरानो निकाप एक्सटेन्सन काउन्टर, पुतलिसडक, राधे–राधे, रामकोट शाखा, सामाखुसी, शंखमुल, सतुंगल, शान्तिनगर बिग मार्ट, सिनामङ्गल, सितापाइला, सोह्रखुट्टे, सुकेधारा, सुन्दरीजल, सनराईज बिज पार्क डिल्लिबजार, बालकुमारी, स्वयम्भु, टेकु, थली, ठमेल, थानकोट, थापाथली, टोखा, ट्रेड टावर, त्रिपुरेश्वर, ट्याङलापथ, वेलकेयर अस्पताल लगायतका ठाउँहरुमा बैंकले एटिएम सेवा विस्तार गरेको छ ।
बागमती प्रदेशकै काभ्रेप्लान्चोक जिल्लाको बनेपा, धुलिखेल, र पाँचखालमा बैंकले आफ्नो एटिएमसहितको शाखा विस्तार गरेको छ । त्यस्तै ललितपुरमा भैंसेपाटी, बज्रबाराही, बंगलामुखी, बिबिएसएम कृष्णगल्ली, भाटभटेनी सातदोबाटो, बाणीमण्डल, छापागाउँ, झम्सीखेल, गोदावरी एक्सटेन्सन काउन्टर, ग्वार्को, हरिहर भवन पुलचोक, उच्च अदालत पाटन, झम्सीखेल बिग मार्ट, खोकना एक्सटेन्सन काउन्टर, कुपोन्डोल बिग मार्ट, लबिम मल, लामाटार, मंगलबजार तथा सुनाकोठी एक्टेन्सन काउन्टरबाट बैंकले एटिएम सेवा विस्तार गरेको छ ।
नुवाकोटमा बट्टार, बट्टार आर्मी क्याम्प, बेत्रावती, त्रिशुली शाखा तथा त्रिवेणी स्पाईनिङ मिल, रसुवामा स्याफ्रुबेसी शाखा, शिन्धुपाल्चोकमा खाडीचौर र मकवानपुरमा भिमफेदी, हेटौडा र हेटौडा उपमहानगरपालिकाबाट बैंकले एटिएम सेवा प्रदान गरिरहेको छ । त्यस्तै चितवनमा बैंकले आफ्नो एटिएम सेवालाई बन्दरा शाखा, सिजी ल्याण्डमार्क, गितानगर, हाकिम चोक, नारायणगढ, पर्सा शाखा, पुराना पर्सा, सौराहा र टाँडी शाखाबाट सञ्चालन गरिरहेको छ ।
सुन्दर गण्डकी प्रदेशमा ठाउँ-ठाउँमा सेवा !
गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा बाग्लुङ शाखा, गोरखामा गोरखा शाखा, लमजुङमा बेसीशहर, नवलपरासीमा अमरापुरी, सिजी सास्वत धाम, दलदले, दुम्किबास, गैडाकोट, कावासोती र परासी शाखा, पर्वतमा कुश्मा र वारी बेनी शाखा र स्याङ्जाको वालिङ शाखाबाट बैंकले आफ्नो एटिएम सेवा विस्तार गरेको छ । त्यस्तै बैंकले तनहुँको भिमद, दमौली, डुलेगौडा, डुम्रे र कुरिनटार मनाकामनामा एटिएम राखेको छ भने कास्कीमा लेकसाईड, अमरसिंह चोक, बगर, बिरौटा, बुढीबजार, बिजी बि लेकसाईड, कुन्ति मल, लामाचौर, लेखनाथ, मिडटाउन ग्यालरी, नयाँपुल शाखा, न्युरोड शाखा, पस्र्याङ शाखा, पोखरा शाखा र पोखरा ट्रेड मलबाट एनआईसी एशिया बैंकले एटिएमबाट सेवा दिँदै आएको छ ।
शान्त लुम्बिनीमा छरितो एटिएम सेवा !
एनआईसी एशिया बैंकको एटिएम सेवालाई हेर्दा लुम्बिनी प्रदेशमा पनि बैंकले आफ्नो उपस्थितिलाई उल्लेख्य रुपमा वृद्धि गरेको छ । सोही अनुसार कपिल्वस्तुमा चन्द्रौटा, झुम्का, जितपुर, सालझण्डी र तौलिहवा, पूर्वी नवलपरासी जिल्लामा अरुण खोला, बर्दघाट, भुमही, खैरेनी र सुनवल, रुपन्देही जिल्लामा बिबिएसएम भैरहवा, भाटभटेनी बुटवल, भैरहवा, भलवारी, बुद्धचौक, बुटवल, चौराह एचपी बुटवल, देवीनगर, देवकोटा चोक एक्सटेन्सन काउन्टर, ड्राईभर टोल, गौतमबुद्ध मुटुरोग अस्पताल, होरिजन चोक, केएनआईटी बुटवल, कोठिहवा, लुम्बिनी शाखा, लुम्बिनी प्रादेशिक शाखा, मझगवा, मणिग्राम, मुर्गिया, राजमार्ग चौराह, राम मन्दिर बुटवल, राना अम्बिका आँखा अस्पताल, रुद्रपुर, साउफर्सतिकार, सौराह फर्सतिकार रुपन्देही र सिंह कम्प्लेक्स बुटवलबाट बैंकले एटिएम सेवा सञ्चालन गरिरहेको छ ।
त्यस्तै अर्घाखाँचीमा अर्घाखाँची शाखा, गुल्मीमा तम्घास शाखा, पाल्पामा तानशेन शाखा, दाङमा गडावा एक्सटेन्सन काउन्टर, घोराही, लमही शाखा, सिसैंया शाखा र तुल्सीपुर शाखाबाट बैंकको एटिएस सेवा विस्तार गरिएको छ । त्यस्तै पश्चिम नवलपरासीको भेरी अञ्चल अस्पताल, खजुरा शाखा, कोहलपुर शाखा, नेपालगञ्ज एअरपोर्ट, नेपालगञ्ज शाखा, शमसेरगञ्ज शाखा तथा त्रिभुवन चौक, बाँके जिल्लामा बाँसगढी, भुरिगाउँ र मग्रागढी शाखाबाट एनआईसी एशिया बैंकको एटिएम सेवा विस्तार गरिएको हो ।
कर्णाली प्रदेशमा कहाँ–कहाँ छन् एनआईसी एशिया बैंकको एटिएम ?
बैंकिङ सेवा र पहुँचलाई देशव्यापी रुपमा फैलाउने उद्धेश्यसहित यात्रामा होमिएको एनआईसी एशिया बैंकले देशका विकट जिल्लाहरुमा पनि बैैंकको सेवा विस्तार गरेको छ। नविनतम् सेवालाई प्रोत्साहन गर्दै आएको एनआईसी एशिया बैंकले विकट कर्णाली प्रदेशमा पनि आफ्नो उपस्थितिमा वृद्धि गरेको छ । शाखासँगै बैंकले प्रदेशको डल्लिबजार शाखा, जाजरकोट, जुम्ला, कालिकोट, मुगु शाखा, रुकुम तथा सुर्खेतमा पनि एटिएम मेसिनको पहुँच पुर्याएको छ ।
सुदूरपश्चिम प्रदेशमा कहाँ–कहाँ छन् एनआईसी एशिया बैंकको एटिएम ?
कैलालीको अत्तरिया, बौनियाँ, चौमाला, धनगढी चौराह, धनगढी हस्पिटल लाईन, जोशीपुर, लम्कि शाखा, पहलमानपुर र टिकापुर शाखाबाट बैंकले एटिएम मेसिनको सेवा सञ्चालन गरिरहेको छ । प्रदेशभरकै हकमा भने बैंकले अन्य बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला, डोटीको दिपायल शाखा, बैतडीको पाटन शाखा र कञ्चनपुरको बेदकोट, पुनर्वास, महेन्द्रनगर, दोधराचाँदनी शखाबाट बैंकले आफ्नो एटिएम मेसिनको सेवा सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: