×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ मन्दिरमा अब फोटो–भिडियो खिच्न नपाइने, जबरजस्ती गरे कार्वाही !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

पशुपतिनाथ मन्दिरमा अब फोटो–भिडियो खिच्न नपाइने, जबरजस्ती गरे कार्वाही !

काठमाडौं । देशकै प्रमुख शक्तिपिठका रुपमा रहेको पशुपतिनाथमा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरुको आउने गर्दछन् । केही धार्मिक पुजापाठ गर्न पशुपत क्षेत्रमा पुग्ने गर्छन् भने केही घुमफिरका लागि पुग्ने गर्दछन् । अझ पशुपतीनाथको मन्दिर परिसरमा फोटो, भिडियो खिच्ने र टिकटक बनाउनेहरुको भिड झनै बढी देखिने गर्दछ । तर अब भने पशुपतिनाथको मन्दिरमा फोटो भिडिओ खिच्न प्रतिबन्ध लगाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक पत्र जारी गर्दै अबदेखि पशुपति मन्दिर परिसरमा फोटो–भिडियो खिच्न प्रतिबन्ध गरिने जनाएको छ । मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको हो । विकास कोषका अनुसार दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचेको पाइएमा क्यामेराजन्य बस्तुहरु जफत गरिनेछ ।

‘पशुपतिनाथ मन्दिर र मन्दिर परिसर समेतको फोटो खिच्न नपाइने सम्बन्धी सूचना नेपाली–अंग्रेजी भाषामा र सांकेतिक रुपमा समेत पर्याप्त मात्रामा मन्दिर परिसरमा सूचना टाँस गरिएको छ ।’–कोषले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचना:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: