×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

राष्ट्रिय बीमा संस्थानको नाफा २७ प्रतिशतले बढ्यो, करिब ४ अर्ब रकम दाबी भुक्तानी, यस्ता छन् अन्य सुचकहरु (विवरणसहित)

BIZBAZAR

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थानले सार्वजनिक गरेको गतवर्षको अन्त्यसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा २७.४९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष संस्थानको खुद नाफा ५ करोड ६२ लाख रुपैँया रहेको थियो ।

त्यस्तै सोही अवधिमा संस्थानको खुद बिमा शुल्क आम्दानीमा पनि १०.६९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको अन्त्यसम्ममा संस्थानको खुद बीमा शुल्क आम्दानी ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थानको यस्तो आम्दानी ७ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

संस्थालने सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थानले ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कम्पनीले जीवन बिमा कोष पनि ३२ अर्ब ९३ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३७ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ४१ करोड ३८ लाख रुपैयाँ रहेको संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal