×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीको रिजर्भ कोष आकर्षक देखियो, नाफामा पनि उल्लेख्य बढोत्तरी, यस्ता अन्य सूचकहरु (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय बीमा कम्पनीको रिजर्भ कोष आकर्षक देखियो, नाफामा पनि उल्लेख्य बढोत्तरी, यस्ता अन्य सूचकहरु (विवरणसहित)

Artha Sarokar

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ४७ करोड ३४ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.४१ प्रतिशत बढी नाफा आर्जन भएको जनाएको हो ।

वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद बिमा शुल्क आम्दानीमा ५२.१५ प्रतिशत बढोत्तरी हुँदै ३४ करोड ५३ लाख ८० हजार रुपैयाँ पुगेको जनाएको छ । त्यस्ते पुनर्बिमा कमिसन आम्दानी पनि ४७.१९ प्रतिशतले बढेर २६ करोड ४ लाख १७ हजार रुपैयाँ पुगेको छ भने बिमा कोषमा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै समिक्षा अवधिसम्ममा राष्ट्रिय बिमा कम्पनीको रिजर्भ कोषमा ७.५२ प्रतिशत सुधार देखिएको छ । अर्थात कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ३८ करोड ५२ लाख ५९ हजार रुपैयाँ जम्मा भएको छ भने कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १७७ रुपैयाँ ५८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३६९.६० रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी