×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंक नाफामा सबैभन्दा अब्बल ठहरियो, जनतालाई दिने सेवामा भने गुनासै–गुनासो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय बाणिज्य बैंक नाफामा सबैभन्दा अब्बल ठहरियो, जनतालाई दिने सेवामा भने गुनासै–गुनासो !

Artha Sarokar

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नाफामा सबैभन्दा शिर्ष स्थानमा देखिएको छ । बैंकले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५ अर्ब बढी पुगेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर गत आर्थिक वर्षको सोही समयमा बैंकले कुल ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३८ प्रतिशत बढी हो । त्यस्तै बैंकको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैँया रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा १७.२९ प्रतिशत वृद्धि भएको छ भने खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ ।

नाफामा अब्बल, गुनासोका चाङ्ग !
नाफामा सबैभन्दा अब्बल ठहरिएको राष्ट्रिय वाणिज्य बैंकमा गुनासोको भने चाङ्ग लाग्ने गरेको छ । यसो त राष्ट्रिय वाणिज्य बैंकको सेवाका विषयमा गुनासो आउनु नौलो कुरा होइन । बैंकले दिने सेवा, सेवाग्राहीप्रति कर्मचारीले गर्ने व्यवहारका कारण बैंकप्रतिको गुनासो बढेको देखिन्छ । बैंक सवाग्राहीलक्षित नभएको भन्दै गुनासो गर्नेहरुको संख्या पनि कम छैन । सेवाग्राहीहरुको गुनासोको पनि सम्बोधन नगर्ने सो बैंक नाफामा भने सबैभन्दा अब्बल देखिएको छ । यसले बैंक सेवाग्राहीभन्दा नाफामुखी धेरै रहेको धेरैको बुझाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी