×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावरको नाफामा उछाल, ६४७.०४ प्रतिशतले नाफा बढाएर कमायो ५४ करोड ४४ लाख रुपैयाँ

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्ष तुलनामा ६४७.०४ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ७ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, सोही अवधिमा हाइड्रोपावरको विभिन्न श्रोतबाट हुने आम्दानीमा समेत वृद्धि भएपछि खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । कम्पनीको विभिन्न श्रोतबाट हुने आम्दानी १७ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

हाइड्रोपावरले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार समिक्षा अवधिमा रिडीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । साविकको रिडी हाइड्रोपावरको ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको ५२ करोड ८ लाख लाख रुपैयाँ चुक्ता पुँजी एक भएपछि कम्पनीको पुंजी बढेको हो ।

यस्तै, कम्पनीको रिजर्भ कोषमा ५४ करोड ७६ लाख रुपैयाँ रहेको छ । रिडीको  प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०५ पैसा  रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: