Skip to content
LAXMI SUNRISE BANK

सेयर साहित्य : ‘सेयर बजारका माफियाहरुलाई, अव धुलो चटाउनैपर्छ’ (गजल)

सुरज प्याकुरेल

धितोपत्र बोर्डका अध्यक्षलाई सम्बोधन गरी लेखिएको गजल

आश्वा शुल्क घटाईदियौ, अव कमिसन नि घटाउनुपर्छ।
लुट्न पल्केका बजार माफियायालाई तिमीले धुलो चटाउनैपर्छ।।

तिम्रै वरपर छन् हेर्नू, घुस खाएर मोटाउनेहरु,
त्यस्ता बजार विरोधीलाई ९ डाँडा कटाउनैपर्छ ।।

पक्कै पनि बुझेका छौ, कस्ता काम चोरहरुको राज छ यहाँ,
हाम्रो करले पालिएकाहरुलाई हाम्रै काममा खटाउनैपर्छ ।।

तिम्रै अफिस त्यहि हो जहाँ, माफियालाई संरक्षण हुन्छ,
अव तिमी हिरो बनेर, ती भिलेनहरुलाई ठटाउनै पर्छ ।।

भुँडी हल्लाएर, जागिर पाक्छ, अनि काम किन गर्छन,
तिम्रै अफिसका कामचोरहरुलाई अव घर पठाउनैपर्छ ।।

जे जे छन् फोहोर बजारका, सफा तिमीले नगरे कसले गर्नु ?,
खेलाडीको फोहोरी खेललाई अव सदाका लागि हटाउनैपर्छ ।।

गर्दैछौ सलाम ! गर्नेछौ शुभकामना, गरेपछि दिउँला असीम बधाई,
स्वर्णिम बन्ने गरी तिम्रो कार्यकाल, बजारका काला बादल फटाउनैपर्छ ।।

लुट्न पल्केका बजार माफियायालाई तिमीले धुलो चटाउनैपर्छ,
आश्वा शुल्क घटाईदियौ, अव कमिसन नि घटाउनुपर्छ ।।

यसअघिका सेयर साहित्य:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK