×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिखर इन्स्योरेन्सको नाफामा बढोत्तरी, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

काठमाडौं । शिखर इन्स्योरेन्सको नाफामा २८ प्रतिशतले बढोत्तरी भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्ला वर्षको तुलनामा २८.९३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड १४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार १६.५८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा कोष पनि ३९.४३ प्रतिशतले सुधार हुँदै ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ भने खुद बीमा शुल्क आर्जन १८.५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३९ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: