×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटलको आम्दानीमा २०२.१६ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोल्टी होटलको आम्दानीमा २०२.१६ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । होटलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष होटल २२ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सोल्टीले जम्मा आम्दानी भने २०२.१६ प्रतिशतले बढाएर १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष होटलको जम्मा आम्दानी ४५ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, होटलको संचालन नाफामा उल्लेख्य वृद्धि भएपछि खुद नाफा पनि बढेको देखिएको छ । होटलको संचालन नाफा ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको संचालन नाफा १७ करोड २४ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ५८ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

होटलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो वर्ष होटलको  प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १७ रुपैयाँ रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी