- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रपाणी सापकोटा निर्वाचित भएका छन् । जिल्लामा सम्पन्न भएको उधोग वाणिज्य संघ टिकापुरको चुनावमा पाँच सय ६५ मत प्राप्त गर्दै सापकोटा विजयी भएका भएका हुन् । सापकोटाले आफ्ना प्रतिद्धन्दी तपेन्द्र स्वाँरलाई १ सय ७० मतले पराजित गरेका हुन् । भने स्वाँरले तीन सय ९५ मत ल्याई दास्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै राजेन्द्र शाहले एक सय २५ मत मात्र हासिल गरेका छन् ।
यसैगरी संघको उधोगतर्फको उपाध्यक्षमा सन्तोष खड्का र वाणिज्यतर्फको उपाध्यक्षमा कृष्ण उपाध्याय बजगाँई निर्वाचित भएका छन् । भने महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद चुनिएका छन् । निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार निर्वाचनमा कुल मत एक हजार ३८ खसेको थियो ।
यसैगरी संघका सदस्यहरुमा क्रमश: प्रकाश उपाध्याय (तिमिल्सिना), पृथ्वीराज ढुङगा्ना, दुर्गा साहु, बमबहादुर वली, नमराज देवकोटा, हेमन्त रावल, हंसराज रावल र लालबहादुर चौधरी तथा महिला आरक्षित सदस्यमा टिका शाही निर्वाचित भएका छन् । यसअघि जीतबहादुर चौधरी जनजातिबाट र माया बागदास दलितबाट निर्विरोध निर्वाचित भएका छन् । यसअघि जीतबहादुर चौधरी जनजातिबाट र माया बागदास दलितबाट निर्विरोध निर्वाचित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्