काठमाडौं । संयुक्त जलस्रोत समितिको नवौँ र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक काठमाडौंमा सम्पन्न गरिएको छ । नेपाल-भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव पंकज कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राईको सह-अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
त्यस्तै गंगा बाढी नियन्त्रण आयोग, पटनाका अध्यक्ष एम.के. श्रीनिवास र नेपाल जलस्रोत मन्त्रालयका सह-सचिव शिशिर कोईरालाको सह-अध्यक्षतामा नेपाल-भारत संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक पनि भएको हो ।
बैठकमा नेपाल र भारतबीच जलस्रोतका क्षेत्रमा भएका सहकार्यबारे बृहत छलफल रुपमा छलफल भएको भारतीय राजदुतावासले जनाएको छ । दुतावासका अनुसार बैठकमा महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे छलफल भएको थियो । डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समिति लगायतका द्विपक्षीय समितिले गरेका प्रगतिबारे पनि बैठकमा छलफल भएको थियो ।
त्यस्तै माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउने सहमति भएको छ । यता सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा जारी गरिएको उर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त भिजन विज्ञप्तिको स्मरण गर्दै जलस्रोत सम्बन्धी संयुक्त समितिले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि सन् २०२३ मार्चसम्म थप्नुका साथै विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्ने कुरामा सहमति जनाएको छ ।
बैठक लगत्तै जलस्रोत सचिव पंकज कुमारले उर्जा तथा सिंचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्