काठमाडौं । शहर, समाज र संस्कृति फेर्न भन्दै राजनीतिको समुन्द्रमा हामाफालेका काठमाण्डौका मेयर बालेन्द्र साहले पछिल्लो समय एकपछि अर्को महत्वपुर्ण निर्णय गर्दै आएका छन् । पार्किङ्ग, फोहोर र अनाधिकृत संरचना हटाउने अभियान थालेका मेयर साहले अव सार्वजनिक स्थलमा चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
बिहिबार एक सूचना जारि गर्दै महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रमान निषेध गरेको जनाएको छ । यो संगै अव असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने भएको छ ।
‘असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ ।’ -महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
सूचनाको अटेर गर्दै कसैले सार्वजनिक स्थलमा धुम्रपान गरे कानुनमा तोकिए बमोजिमको कार्वाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्